ब्रिक्स सम्मेलनमा सदस्यहरुबीच आपसी सहयोगको सहमति दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आगामी बर्ष आयोजना गरिने


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

सियामेन (चीन), २१ भदौ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ ।
अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सो सम्मेलनमा सहमति भएको अधिकारीहरुले जनाएका छन । उनीहरुका अनुसार मङ्गलबार सम्पन्न सो सम्मेलनमा सदस्य राष्ट्रहरुको आपसी हित, सहयोग र उनीहरुको साझा चासोका विषयमा विशेष सहमति भएको थियो ।
उक्त सम्मेलनको समापनसँगै मङ्गलबार चिनियाँ राष्ट्रपति सि चिनफिङले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र समन्वयमा उक्त सम्मेलनमा सहमतिमा पुगेको जानकारी दिनुभयो ।
ब्रिक्सको उक्त नवौँ सम्मेलनले सियामेन घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शीता एवम् खुलापनको विकास, समावेशीता र सबैको साझा चासोका विभिन्न एजेण्डाहरुको विकासमा जोड दिएको छ ।
उक्त सम्मेलनमा ब्रिक्सका साथै आर्थिक क्षेत्रका उदीयमान देशहरु जस्तो इजिप्ट, मेक्सिको, थाइल्याण्ड, ताजिकिस्तान र गुएनाका नेताहरुले पनि भाग लिएका थिए ।
ती देशहरुको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका क्षेत्रमा पनि ब्रिक्सले सहयोग र साझेदारी प्रदान गर्ने बारेमा पनि उक्त घोषणापत्रमा जोड दिइएको छ ।
चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा अयोजना गरिएको तीन दिने सो सम्मेलनको समापनसँगै पत्रकारहरुलाई जानकारी दिँदै चिनियाँ राष्ट्रपति चिनफिङले विश्वमा आर्थिक सुशासन कायम गर्न तथा उदीयमान अर्थतन्त्रहरुका समस्या र आवाज सुनेर उनीहरुको विकासका लागि पनि साथ र सहयोग दिने विषयमा व्यापक मात्रामा जोड दिइएको बताउनुभयो ।
सन् २०३० मा पूरा हुने दिगो विकासका एजेण्डाका लागि सबै देशहरुले आवश्यक गृहकार्य र एजेण्डाको कार्यान्वयनका लागि पनि साझा विकासका कार्यक्रमहरु अघि सार्ने बारेमा सो सम्मेलनमा सहमति भएको उहाँले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति चिनफिङले ब्रिक्सको दशौँ सम्मेलन दक्षिण अफ्रिकामा आयोजना गरिने जानकारी पनि दिनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
उहाँले भन्नुभयो, सबैको सहमतिबाटै आगामी सम्मेलनको आयोजना दक्षिण अफ्रिकाले गर्ने भएको छ । सो सम्मेलनको आयोजनाका लागि जे जस्तो सहयोग गर्नुपर्छ त्यसका लागि चीन तयार रहेको प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com