गोपाल किरातीलाई मुख्यमन्त्री बनाउन पहल


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

खोटाङ, २० भदौ । किराती राष्ट्रिय मुक्ति मोर्चाले १ नं प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउन पहल गर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सोमबार काठमाडौँमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो । पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नं १ को मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिनुभयो । “किरातीलाई मुख्यमन्त्री बनाउन एकबुथ एक फोर्स, एक एकबुथ एक किरात मोर्चा तयार गरेका छौँ ।” उहाँले भन्नुभयो, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौँ ।”

सो अवसरमा मोर्चाको प्रदेश नं ३ को भेलासमेत आयोजना गरिएको र बैठकमा अध्यक्ष राजन किराती (वासु), उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेलीलगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षणसमेत दिनुभएको जनाइएको छ । पूर्व संस्कृति तथा पर्यटनमन्त्री भइसक्नुभएका गोपाल किराती हाल नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य एवं १ नं प्रदेशका संयोजक हुनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किरातीलाई यसअघि विराटनगरमा बसेको पार्टीको सचिवालय बैठकले समेत प्रदेश नं १ को मुख्यमन्त्री बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com