अमेरिकाको मोन्टानामा २८ बर्षका नेपाली इन्जिनियर राजु झाको डुबेर मृत्यु, सहयोगको अपिल


प्रकाशित मिति : असार २४, २०८१ सोमबार

शनिबार मोन्टानाको ग्लेशियर नेशनल पार्कमा स्प्रेग क्रिक क्याम्पग्राउन्ड नजिकैको लेक म्याकडोनाल्डमा डुबेर नेपालको जनकपुरका २८ बर्षका राजु झाको मृत्यु भएको छ । झा उक्त तालमा साथीहरूसँग पौडी खेलिरहेका थिए । सोही क्रममा उनको डुबेर मृत्यु भएको हो ।

उनलाई पौडीको अनुभव नभएको र झन्डै  किनाराबाट ३० यार्ड टाढा रहेको बेला उत्रनका लागि संघर्ष गरेका थिए । तर उनी पानीमुनि गएपछि बाहिर निस्कन सकेनन् । घटनाबारे डिस्प्याचलाई बेलुका ६ बजेर २५ मिनेटमा फोन गरिएको थियो भने रेन्जरहरू साँझ ६ बजेर ५० मिनेमा घटनास्थलमा पुगेका थिए।

अलर्ट हेलिकप्टर र तीनवटा पानी एम्बुलेन्सले उद्दारको प्रयास गरेका थिए । पार्क रेन्जरहरूले किनाराबाट  ३० यार्ड टाढा  र ३५ देखि ४० फिट पानीमुनि झाको शरीर फेला पारेका थिए । प्रहरीको गोताखोर टोलीले राती ८ बजेर २० मिनेटमा शव निकालेका थिए ।

झा पोर्टल्यान्ड, ओरेगनमा बस्दै र काम गर्दै आएका थिए भने साथीहरूसँग छुट्टी मनाउने क्रममा थिए। पार्कका अधिकारीहरूले आफन्तलाई सम्पर्क गर्नका लागि नेपाली दूतावासमा सम्पर्क गरेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजु झा सन् २०१९ मा नेपालको जनकपुरबाट कार्बोन्डेलको साउदर्न इलिनोय युनिभर्सिटीमा स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्न अमेरिका आएका थिए। मास्टर्स पछि उनी पोर्टल्याण्डको जेकब्स इन्जिनियरिङमा स्ट्रक्चरल इन्जिनियरको रूपमा काम गर्दै थिए।

उनको शव नेपाल पठाउन र दाहसंस्कारका लागि गोफण्डमीमा सहयोगको अपिल गरिएको छ । अपिलमा उनी हसिलो, खाना पकाउन र खाना खुवाउन रुचाउने तथा आरोहण र पदयात्रामा उत्साही रहेको उल्लेख गरिएको छ । शव नेपाल पठाउने खर्चहरू कभर गर्न मद्दत गर्न र उनका प्रियजनहरूमा आर्थिक बोझ कम गर्नुका साथै कठिन समयमा माया र समर्थन पनि देखाउने भन्दै गोफण्डमीमा सहयोग गर्न अपिल गरिएको छ ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com