अगस्त २ देखि ४ सम्म शिकागोमा घुम्ति राहदानी सेवा शिविर, यसरी लिऔं अप्वाइन्टमेन्ट


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

अमेरिकामा रहेको नेपाली दूतावासले अगस्त २ देखि ४ सम्म शिकागोमा घुम्ति राहदानी सेवा शिविर  संचालन गर्ने भएको छ । उक्त शिविर शिकागो करी हाउसमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने जनाइएको छ । दिउसो १ बजेदेखि २ बजेसम्म भने लन्च ब्रेक हुनेछ ।

उक्त शिविरमा १२ महिनाभित्र राहदानीको म्याद सकिन लागेकाहरुले नविकरणको लागि निवेदन दिनसक्नेछन् । राहदानी हराएका वा च्यातिएले पनि आवेदन दिन सक्नेछन् । उक्त शिविरमा विद्युतीय राहदानी नविकरणका लागि आवेदन दिन चाहनेहरुले पहिले आफ्नो मोबाइल वा ल्यापटपको टाइमजोन काठमाडौं नेपाल छनौट गर्नुपर्नेछ । त्यसपछि अप्वाइन्टमेन्ट लिने वेवसाइटमा गएर राहदानीका लागि आवेदनमा क्लीक गर्नुपर्छ । त्यसपछि नविकरण गर्न वा अर्को प्राप्त गर्न चाहनेहरुले नविकरणमा क्लीक गर्नुपर्छ भने हातले लेखेको राहदानी नवीकरणको लागि पहिलोपटक आवेदनमा क्लीक गर्नपर्छ ।

त्यसपछि शिकागो घुम्ती शिविरका लागि मात्र उपलब्ध गराइएको अगस्त ३ को अप्वाइन्टमेन्ट छनौट गरी सबै विवरण भरेर बारकोडसहितको पीडीएफ फारम डाउनलोड गर्नुपर्छ । उक्त बारकोडसहितको फारामको स्क्यान गरिएको पीडीएफ प्रति, राहदानी र नागरिकताको फोटोकपी इमेलमा अट्याच गरी जुलाई २६ अगावै प्रमाणिकरणका लागि आफ्नो मोबाइल नम्बर समेत उल्लेख गरी दूतावासको इमेलमा पठाउनु पर्नेछ।

फाराम प्रमाणिकरण नगरी निवेदकले भरेको विवरणहरु निकाल्न नसकिने र सो नभई बायोमेट्रिक लिन नसकिने भएकोले फारामलाई प्रमाणिकरणको लागि अनिवार्य रुपमा जुलाई २६ भित्र दूतावासमा इमेल ([email protected]) गर्न सुझाव दिइएको छ । अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न नसकिने दूतावासले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजकले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराउने जनाइएको छ। आवेदकलाई शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति र राहदानी दस्तुर सहित आउन सुझाव दिइएको छ ।

राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका लागि डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । त्यस्तै १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि डेबिट कार्डबाट ७६ डलर ७५ सेन्टस र क्रेडिट कार्डबाट ७५ डलरमा ३ प्रतिशत थपेर लिइनेछ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट ३०६ डलर र क्रेडिट कार्डबाट ३ सय डलरमा ३ प्रतिशत थपेर लिइनेछ । १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १ सय ५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।

नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम पनि साथमा ल्याउनुपर्नेछ । थप जानकारी आवश्यक भएमा स्थानीय संयोजक सुमन श्रेष्ठ (५६१) ९००-८४११ र बाला घिमिरे (७७३) ७१०-३७९५ लाई सम्पर्क गर्न सकिनेछ वा वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

अगस्त ३ का दिन राहदानी सेवाका लागि खोलिएका अप्वाइन्टमेन्ट स्लटहरु अगस्त २ देखि ४ सम्म शिकागोमा आयोजना हुने घुम्ती शिविरका लागि मात्र खोलिएको दूतावासले प्रष्ट पारेको छ । अगस्त ३  का दिन दूतावास बन्द हुने भएकाले दूतावासबाटै सेवा लिन चाहने सेवाग्राहीहरुले उल्लेखित मितिको अप्वाइन्टमेन्ट नलिन अनुरोध गरिएको छ।अन्यथा उक्त मितिको अप्वाइन्टमेन्ट लिई आएमा वासिंटन डिसीमा रहेको दूतावासबाट सेवा प्रदान गर्न नसकिने पनि दूतावासले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com