लस एन्जलसमा हुने नेपाली कन्सुलर सेवा घुम्ती शिविरमा झण्डै ७ सयले लिए अप्वाइन्टमेन्ट


प्रकाशित मिति : असार २२, २०८१ शनिबार

अमेरिकामा रहेको नेपाली दूतावासले जुलाई ९ देखि १४ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा संचालन गर्ने कन्सुलर सेवा घुम्ती शिविरका लापग झण्डै ७ सय सेवाग्राहीले अप्वाइन्टमेन्ट लिएका छन् । सेवाग्राहीको संख्या उच्च भएपछि शिविर जुलाई १४ का लागि समेत थपिएको हो । उक्त शिविर पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म संचालन गरिने जनाइएको छ । दिउसो १ बजेदेखि २ बजेसम्म भने लन्च ब्रेक हुनेछ ।

घुम्ती राहदानी शिविरमा सेवा लिन आउने मिति र समय स्थानीय संयोजकले इमेल वा टेलिफोनमार्फत् उपलब्ध गराएका छन् । आवेदकलाई शिविरमा आउँदा सक्कल नागरिकता र सोको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति र राहदानी दस्तुर सहित आउन सुझाव दिइएको छ ।

राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका लागि डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । त्यस्तै १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि डेबिट कार्डबाट ७६ डलर ७५ सेन्टस र क्रेडिट कार्डबाट ७५ डलरमा ३ प्रतिशत थपेर लिइनेछ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट ३०६ डलर र क्रेडिट कार्डबाट ३ सय डलरमा ३ प्रतिशत थपेर लिइनेछ । १० बर्षभन्दा कम उमेरका बच्चाको हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा शुल्क डेबिट कार्डबाट १५३ डलर र क्रेडिट कार्डबाट १ सय ५० डलरमा ३ प्रतिशत थपेर लिइनेछ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ।

नयाँ राहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम पनि साथमा ल्याउनुपर्नेछ । थप जानकारी आवश्यक भएमा अवैतनिक महावाणिज्यदूत ऋषि ढकाललाई ६२६ ३२० २४३७ मा सम्पर्क गर्न सकिनेछ वा वासिंटन डिसीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामो समयदेखि क्यालिफोर्निया क्षेत्रमा कन्सुलर सेवा घुम्ती शिविर संचालन नहुँदा त्यसक्षेत्रका नेपालीहरु समस्यामा परिरहेका बखत यो कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्न लागिएको हो । वासिंटन डिसीमा आउन खर्चिलो र धेरै दिन लाग्ने भएकाले त्यस क्षेत्रका एकहजारभन्दा धेरैले राहदानी नविकरण गर्न सकेका थिएनन् । अर्थात् एकहजार भन्दा बढी नेपालीहरु उक्त क्षेत्रमा राहदानी नविकरण पर्खिएर बसेका छन् ।

यसबारे राजदूत र दूतावासमा कुरा गर्दा विगतमा गर्दै आएको अस्थायी कन्सुलर सेवाको कार्यक्रमलाई निरन्तरता दिने बचनबद्धता आएको अवैतनिक महावाणिज्यदूत ऋषि ढकालले हालै खसोखाससँगको कुराकानीमा बताएका थिए । सेबाग्राहीहरु कति स्वास्थ्यको कारणले, कति वृद्ध, कति बालबालिका र अशक्त अवस्थाका मानिसहरु भएकाले वासिंटन डिसीसम्म यात्रा गर्न सक्ने अवस्था नरहेको हरेक दिन दश पन्ध्र फोनकलहरु पासपोर्ट नविकरणबारे नै आउने गरेको ढकालले बताएका थिए ।

कतिपय अवस्थामा राहदानीको म्याद सकिन ६ महिनाभन्दा बढी रहेका उक्त क्षेत्रका ग्रिन कार्ड होल्डरहरु वासिंटन डिसी जानभन्दा नेपाल जान नै सस्तो र सहज पर्ने भएकाले नेपालमै गएर समेत नविकरण गर्दै समेत आएका छन् । डिसी भन्दा ६ घण्टाको फ्लाइटमा पश्चिमी क्षेत्रका बस्ने नेपालीहरुलाई वासिंटन डिसी ट्राभल गर्नुपर्ने, त्यहाँ गएर एकरात बस्नुपर्ने र भोली पल्ट फर्किनुपर्ने भएकाले यो खर्चको हिसाबले एकदमै महंगो हुने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com