अमरिकाद्वारा उत्तर कोरियालाई कडा चेतावनी


प्रकाशित मिति : भाद्र १९, २०७४ सोमबार

अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसले अमेरिका वा उसका मित्र शक्तिविरुद्ध उत्तर कोरियाका सृजना गर्ने सुरक्षा खतराविरुद्ध “कडा सैन्य प्रतिक्रिया” दिइने बताएका छन्।

उत्तर कोरियाले गरेको पछिल्लो परमाणु अस्त्र परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रिय सुरक्षाका विषयमा जानकारी दिएलगत्तै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुख म्याटिसले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

ह्वाइट हाउसबाहिर संवाददाताहरुसँग बोल्लै रक्षा मन्त्री म्याटिसले अमेरिकासँग आफ्नो र दक्षिण कोरिया तथा जापान जस्ता आफ्ना मित्र देशको प्रतिरक्षा गर्ने सामर्थ्य रहेको बताए।

उत्तर कोरियाली अस्त्र

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्योङयाङले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरिएको बताएको छ।

प्रतिक्रिया

उनले भने, “अमेरिका र गुआम लगायतका भूभाग वा हाम्रा मित्र देशहरुविरुद्धका कुनै पनि खतरा उब्जिएमा त्यसविरुद्ध कडा सैन्य प्रतिक्रिया दिइनेछ। त्यो निकै प्रभावकारी र विनाशकारी हुनेछ।”

प्योङयाङले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने हाइड्रोजन बमको सफलतापूर्वक परीक्षण गरिएको बताएको छ।

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

उसको त्यो कदमको अन्तर्राष्ट्रिय स्तरमा भर्त्सना भएको छ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको बेवास्ता गर्दै परमाणु अस्त्रको विकास गरेको छ। उसले आफ्ना परमाणु अस्त्र क्षेप्यास्त्रमा जडान गरेर अमेरिकी मुख्य भूभागसम्म पुर्याउन सकिने दाबी गरेको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com