उत्तर कोरियाद्वारा हाइड्रोजन बम परीक्षणको प्रशंसा


प्रकाशित मिति : भाद्र १८, २०७४ आईतबार

उत्तर कोरियाले भनेको छ उसले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न मिल्ने परमाणु अस्त्रको सफल परीक्षण गरेको छ।

भूगर्भविदहरुले भूकम्प मापन गरेको केही घण्टापश्चात उसले आफ्नो छैठौं परमाणु अस्त्र परीक्षण ‘पूर्णरुपमा सफल’ भएको बताएको छ।

प्योङ्गयाङ्गले भनेको छ उसले यसपाली अणु बम भन्दा कैयौं गुणा शक्तिशाली हाइड्रोजन बम परीक्षण गरेको छ।

‘उत्तर कोरियाको छैठौं आणविक परीक्षण’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाइड्रोजन बम बनाएको उत्तर कोरियाको दावी

विश्लेषकहरुले उसको भनाइलाई सतर्कतापूर्वक लिनुपर्ने भनेका छन्। तर पछिल्ला समयमा उत्तर कोरियाको परमाणु क्षमता बढ्दै गएको प्रस्टैसंग देखिन्छ।

क्षेप्यास्त्रमा जडान

यसभन्दा अगाडि उत्तर कोरियाले सन् २०१६ को सेप्टेम्बरमा परमाणु परीक्षण गरेको थियो।

संयुक्त राष्ट्रसंघको आर्थिक प्रतिबन्ध तथा अन्तर्राष्ट्रिय दबाब हुँदाहुँदै पनि उसले परमाणु अस्त्र तथा अमेरिकी मूल भूमिसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गर्दै आएको छ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार पछिल्लो परीक्षण उत्तर कोरियाको पुंग्ये रि परमाणु परीक्षण स्थल रहेको किल्जु काउन्टीमा गरिएको छ।

सो परीक्षणका कारण उत्पन्न भएको कृत्रिम भूकम्पको शक्ति उसले यसअघि पाँचौं परीक्षण ताका गरेको बेलाको भन्दा ९.८ गुणा बढी रहेको बताइएको छ।

प्योङ्गयाङ्गले लामो दुरीको क्षेप्यास्त्रमा जडान गर्न सकिने सानो आकारको हाइड्रोजन बम बनाएको बताएको केही घण्टापश्चात सो परीक्षण भएको छ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com