नेपालमा प्रत्येक बर्ष ३ हजारको मृगौला फेल , अङ्गदानबाट जीवन बिताइरहेकाहरुको यस्तो छ अबस्था


प्रकाशित मिति : असार ११, २०८१ मंगलबार

नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो । उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन् ।

प्रा डा श्रेष्ठले जीवित र मृत शरीरबाट निकालिएको मिर्गौला, कलेजो र मुटु तथा अन्य अङ्ग एक हजार तीन सय जनामा प्रत्यारोपण गर्दा ९९ प्रतिशत सफल भएको जानकारी गराउनुभयो ।

अस्वस्थ जीवनशैली, सहरीकरण र अखाद्य खानपिनका कारण मिर्गौला, कलेजो र मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह, उच्च रक्तचापका रोग लाग्ने गर्छन्, विश्वभर हरेक वर्ष २० हजार मानिसको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१० मा गरिएको सर्वेक्षणअनुसार नेपालमा प्रत्येक वर्ष तीन हजारको मिर्गौला र एक हजारको कलेजो फेल हुने गरेको तथ्याङ्क छ ।
मस्तिष्क मृत्युु भएकाबाट अङ्गदान गरेर फेल भएकाको जीवन बचाउन सकिन्छ । नेपालमा ७२ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ ।

हैजा, मलेरिया, डेङ्गुलगायत सरुवा रोगबाट २८ प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । नेपालमा अङ्ग प्रत्यारोपणको काम सन् २००८ मा वीर अस्पतालबाट भएको हो । शिक्षण अस्पतालबाट मिर्गौला प्रत्यारोपणबाट सेवा सुरु भएको थियो ।

मिर्गौला प्रत्यारोपण सेवाको सुरुवातमा ९० प्रतिशत सफल भएकामा अहिले शतप्रतिशत सफल भएको डाक्टर श्रेष्ठको भनाईछ ।

पछिल्लो पाँच वर्षमा पाँच सय जनाभन्दा बढी मृगौला प्रत्यारोपण सफल भएको उहाँले जानकारी दिनुभयो । मस्तिष्क मृत्यु भएकाको अङ्गदानबारे थप चेतनामूलक प्रचार गर्न हरेक वर्ष जागरण अभियान सुरु गरेको उहाँले बताउनुभयो ।

नेपालमा सन् १९९८ मा नेपालमा जीवित दाताबाट सीमित नातेदारहरुभित्र मिर्गौला प्रत्यारोपण गर्न सक्ने कानुन निर्माण गरिएको थियो ।
मानव अङ्ग प्रत्यारोपण ऐन २०७२ अनुसार ५१ वटा नाता पर्ने जीवित व्यक्तिहरुले अङ्गदान दिन सक्ने कानुनी व्यवस्था छ । नेपालको कानुनले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानबाट हुने प्रत्यारोपणलाई पनि वैधानिकता दिएको छ ।

नातेदार नपरेकाको हकमा दुई वा दुईभन्दा बढी परिवारबीच साटासाट गर्न सक्ने व्यवस्था छ । मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गरि प्रत्यारोपण गर्नेमा स्पेन अगाडि रहेको उहाँले बताउनुभयो ।

नेपालमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदानका लागि सम्बन्धित व्यक्तिले जीवितै रहँदा मञ्जुरी दिएको हुनुपर्छ । मृत्यु भएकाको परिवारको सहमतिमा पनि दिन पाउने कानुनी व्यवस्था छ ।

हालसम्म दुई हजार पाँच सय जनाले अङ्गदान गरिसकेका छन् । सन् २००८ मा सार्वजनिक तथ्याङ्कअनुसार ९० प्रतिशत बिरामीले मिर्गौला फेल भएको केही महिनामा मृत्युवरण गर्ने गरेका थिए ।

हाल प्रत्यारोपण गरेका ९८ प्रतिशत र डायलासिस गरिरहेका ९५ प्रतिशत जीवित छन् । नेपालमा १८ वर्ष पुगेको स्वस्थ्य व्यक्तिले अङ्गदान गर्न पाउने कानुनी व्यवस्था छ ।

केही महिना अगाडि मात्रै ८१ वर्षका ज्येष्ठ नागरिकले आफ्नी २१ वर्षीया नातिनीलाई मिर्गौला दान दिएर स्वस्थ्य जीवन बिताइरहनु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com