हिंसा रोक्न अमेरिकाले दिएको दवावलाई इजरायलले मानेन , गाजामा बम प्रहार
प्रकाशित मिति : असार ११, २०८१ मंगलबार
US President Joe Biden (L) attends a quad meeting with with Australia’s Prime Minister Anthony Albanese, Japan’s Prime Minister Fumio Kishida, and India’s Prime Minister Narendra Modi on the sidelines of the G7 Leaders’ Summit in Hiroshima on May 20, 2023. (Photo by Kenny HOLSTON / POOL / AFP)
इजरायलले मङ्गलबार गाजामा पुनः बम प्रहार गरेको छ । हमासद्वारा सञ्चालित क्षेत्रको नागरिक सुरक्षा एजेन्सीका अनुसार इजरायली सेनाले गरेको घातक आक्रमणमा परी दुई विध्यालयका १३ जनाको मृत्यु हुनुका साथै गाजा शहरको एक घर नष्ट भएको छ।
इजरायलले गाजाबाट लेबनानको सिमानामा केही सैनिकहरू पुनः तैनाथ गर्ने योजना बनाएको बेला अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले सोमबार त्यहाँका रक्षामन्त्रीलाई हिंसा बढ्न नदिन दबाब दिनुभएको थियो ।
अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको “तीव्र चरण“ समाप्त भइरहेको बताउनुभएको थियो । तर यहि बेला इजरायलले गाजामा बम प्रहार गरेपछि अमेरिका र इजरायलबिचको सम्बन्धमा चिसोपना आउन सक्ने आकलन गरिएको छ ।
ब्लिन्केनले इजरायली र लेबनानी दुवै परिवारलाई आफ्नो घर फर्कन अनुमति दिन कूटनीतिक समाधानमा पुग्ने महत्वलाई जोड दिनुभएको छ ।
अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएदेखि इजरायल र लेबनानको हजबोल्लाहबीच दैनिक सीमापार गोलीबारी भइरहेको छ ।
पछिल्लो लडाइँमा, इरान समर्थित हजबोल्लाहले सोमबार सीमापारका तीनवटा इजरायली सैन्य स्थल लक्षित आक्रमण गरेको बताएको छ।
इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले पूर्वी लेबनानको बालबेक क्षेत्रमा उग्रवादी पूर्वाधारमा आक्रमण गरेको बताएको छ।
हालैका महिनाहरूमा आ–आफ्ना राष्ट्रका सीमावर्ती क्षेत्रका हजारौँ लेबनानी र इजरायली नागरिकहरू लडाइँका कारण विभिन्न देशमा शरण लिन बाध्य भएका छन्।
गाजामा इजरायली आक्रमणले धेरै पूर्वाधार नष्ट गरेको छ र नागरिकहरु बाँच्न सङ्घर्ष गरिरहेका छन् ।








