हराइरहेका आर्जेन्टिनीबारे हजारौंको प्रदर्शन
प्रकाशित मिति : भाद्र १७, २०७४ शनिबार
हजारौं आर्जेन्टिनीहरु एकजना मानव अधिकारवादी अभियानकर्ता हराएकोमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन्।
स्यान्टियागो म्याल्डोन्याडो, २८, एक महिना अघि प्याटागोनियामा भएको आदिवासी अधिकार सम्बन्धी प्रदर्शनका बेलादेखि हराइरहेका छन्।
मानव अधिकार अभियानकर्ताहरु, युनियन नेताहरु र बामपन्थी समुहहरुले मौरिसियो म्याक्रीको सरकारलाई ती अभियानकर्ताको खोजीमा थप प्रयत्न गर्न आग्रह गरेका छन्।
आर्जेन्टिनाका विभिन्न शहरमा विरोध प्रदर्शन हुँदै आएको छ।

ब्युनोस आयरिजमा प्रदर्शनकारीहरु राष्ट्रपति निवास अगाडि जम्मा भएका थिए
‘स्वतन्त्र अनुसन्धान’
प्रत्यदर्शीहरुले म्याल्डोन्याडो अगष्ट १ तारिख दक्षिणी आर्जेन्टिनामा मापुचे आदिवासी समुहको अधिकारका लागि आयोजित विरोध प्रदर्शनमा गिरफ्तार भएको देखेको बताएका छन्।
स्यान्टियागो म्याल्डोन्याडो अगष्ट १ तारिखदेखि हराइरहेका छन्प्रहरीले उनलाई थुनामा राखेको अस्वीकार गरेको छ।
म्याल्डोनाडोका भाइ सेर्गियोले राजधानी ब्युनोस आयरिजमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गरेका थिए।
उनले भने, “स्यान्टियागो हराएको एक महिनासम्म पनि सरकारले अस्वीकार गरिरहेको छ। उसले स्यान्टियागोका साथीभाइ र परिवारलाई मात्र प्रश्न गरेको छ।”
उनले त्यस दिन उक्त क्षेत्रमा कार्यरत सबै प्रहरीमाथि स्वतन्त्र अनुसन्धान गर्न माग गरे।
पुरस्कार
“उनीहरुले उनलाई जीवितै लगे, हामीलाई उनी जीवितै फिर्ता चाहिन्छ” एकजना प्रदर्शनकारीले बोकेको ब्यानरहराइरहेका अभियानकर्ताको तस्बिर, उनी कहाँ छन् भन्ने प्रश्न सहित आर्जेन्टिनाका टिसर्टहरु र पोष्टरहरुमा छापिएका छन्।
आर्जेन्टिनी सुरक्षा फौजको धमिलो इतिहासले उनको अपहरण गरिएको या उनी मारिएका हुनसक्ने कतिपयले ठानेका छन्।
तर आर्जेन्टिनी सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले चालीस वर्ष अघिको सुरक्षा फौज र अहिलेको सुरक्षा फौजमा फरक रहेको बताइन्।
सरकारले उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई झण्डै तीस हजार डलर पुरस्कार दिने घोषणा गरेको छ।






