अब अमेरिकाका ५० वटै राज्यमा आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने


प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार

अब अर्कोपटकदेखि अमेरिकाका ५० वटै राज्यका बासिन्दाले आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने भएका छन् । सफल पाइलट कार्यक्रम पछि आईआरएसले आफ्नो कार्यक्रम विस्तार गर्ने भएको हो ।

पहिलो पटक यो कार्यक्रम १२ राज्यहरूका बासिन्दाहरुका लागि ल्याइएको थियो । एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, म्यासाचुसेट्स, नेभाडा, न्यू ह्याम्पशायर, न्यूयोर्क, साउथ डकोटा, टेनेसी, टेक्सास, वाशिंगटन, वायोमिङका बासिन्दाहरुका लागि यो सुविधा थियो ।

आईआएसकै प्रणालीबाट निशुल्क ट्याक्स फाइल गर्न सकिने सेवा गरेको यो बर्ष पहिलोपटक हो । यसभन्दा अगाडि थर्डपार्टी निजी कम्पनीहरुले आईआरएससँगको सहकार्यमा यस्तो सेवा संचालन गर्दै आएका थिए ।

आईआरएसमा सिधै फाइल गर्न मिल्ने कार्यक्रम कुनै झन्झट नभएका साधारण ट्याक्स फाइल गर्ने कम र मध्यम आम्दानी भएक करदाताहरूका लागि खुला हुन्छ । योग्य हुन ट्याक्स फाइल गर्नेले फाइलरहरूले स्टाण्डर्ड डिडक्सनको विकल्प लिनुपर्छ । डब्ल्यु टु फारम, सोसल सेक्युरिटी र बेरोजगारीमा रिपोर्ट गरिएको आम्दानीमात्र हुनुपर्छ भने ब्याज १५ सय डलरभन्दा कममात्र प्राप्त गरेको हुनुपर्छ । उबर चालकहरु लगायत एप्लीकेशनहरुमार्फत काम गर्नेहरु योग्य छैनन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले आफ्नै प्रणाली विकाश गरेपनि अन्य कम्पनीहरुसँगको आईआरएसको निशुल्क ट्याक्स फाइल कार्यक्रम भने जारी रहनेछ । अर्थात् ती कम्पनीहरुमार्फत निश्चित आम्दानी भएका करदाताले निशुल्क फाइल गर्न पाउँछन् ।

प्रत्यक्ष ट्याक्स फाइल गर्ने प्रणालीले प्रयोगकर्ताहरूलाई ट्याक्स फाइल गर्दा व्यावसायिक सफ्टवेयरले जस्तै तयारीका चरणहरू मार्फत लैजान्छ । यो सेवा मोबाइल मैत्री छ भने अंग्रेजी र स्पेनिश भाषामा उपलब्ध छ । प्रयोगकर्ताहरूले प्रत्यक्ष अनलाइन च्याट मार्फत एजेन्सीबाट मद्दत प्राप्त गर्न सक्छन् र आवश्यक परेमा फोनमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्ने विकल्प हुन्छ ।

यसपटक उक्त प्रणालीबाट १ लाख ४० हजार ८ सय ३ जनाले निशुल्क ट्याक्स फाइल गरेका थिए । यो कार्यक्रम आगामी बर्षदेखि कर फाइलकर्ताहरूको लागि स्थायी हुनेछ । आईआरएसले प्रत्यक्ष फाइलसँग साझेदारी गर्न चाहने सबै राज्यहरूसँग काम गर्नेछ।

नयाँ कार्यक्रमले आईआरएस फ्री फाइललाई प्रतिस्थापन गर्ने छैन जसमा व्यावसायिक साझेदारहरूले निश्चित आय थ्रेसहोल्ड मुनिका मानिसहरूका लागि निस्शुल्क कर फाइल गर्ने व्यावसायिक सफ्टवेयर प्रस्ताव गर्दछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com