सगरमाथाको शिखरमा मानव पाइला टेकेको ७० बर्ष पुरा , कीर्तिमानीका कारण सगरमाथाको चर्चा विश्वभर चुलिदै


प्रकाशित मिति : जेष्ठ १६, २०८१ बुधबार

आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो। यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन्। सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ। त्यस्तै आज मानिस र सगरमाथाबिचको सामिप्यता बढाउने दिन हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो पटक कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । वास्तवमा सगरमाथा चढ्नु भनेको विश्व कीर्तिमान राख्नु हो । यस्ता कीर्तिमान राख्न विश्वका मानिसहरू नेपाली माटोमा टेक्न आइपुग्छन् र शिखर चुम्ने साहस गर्छन् ।

सगरमाथा आरोहणको ७१ वर्षमा शिखरमा पाइला टेक्दा अनौठा कीर्तिमानहरू बनेका छन् । जसका कारण अझै नौलो कीर्तिमान बनाउन आरोहीहरू सङ्घर्ष गरिरहेका छन् । सगरमाथाको आफ्नै इतिहास र गरिमा छ । अङ्ग्रेजी महिनाको मे २९ तारिख विश्वभर ‘एभरेस्ट डे’ का रूपमा मनाउने गरिन्छ ।

सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाइमा रहेको सगरमाथाको आरोहण गरेपछि कीर्तिमान तोड्न लहर चलेको छ । जसका कारण नेपाल विश्वमा थप परिचित बन्दै गएको छ ।

विश्व रेकर्ड बनाउनकै लागि सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, विना अक्सिजन, सगरमाथाबाटै प्याराग्लाइडिङ गरेर, साङ्गीतिक कन्सर्ट गरेर समेत सगरमाथा आरोहण गरेका कीर्तिमान बनिरहेका छन् । सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला स्वर्गीय पासाङ ल्हामु शेर्पा हुन् ।

विभिन्न तरिकाले कीर्तिमानी कायम गर्ने लहरले सगरमाथालाई थप उचाइ दिएको छ । सबैभन्दा छिटो ८ घण्टा १० मिनेटमा आरोहण गरेर पेम्बादोर्जे शेर्पाले रेकर्ड आफ्नो नाममा राखेका छन् ।

यस्तै, विना अक्सिजन सबैभन्दा छिटो ९२० घण्टा २४० मिनेटमा सगरमाथा आरोहण गर्ने कीर्तिमानी काजी शेर्पा हुन् । चुचुरोमै सबैभन्दा धेरै समय २१ घण्टा बिताएर बाबुछिरी शेर्पा, जापानका युचिरो मिउराले आफ्ना नाउँमा रेकर्ड राखेका छन् । यस्तै, सबैभन्दा पाको उमेर ८० वर्ष २२४ दिन , अमेरिकाको जोडान रोमारियो सबैभन्दा कम उमेर १३ वर्ष १० महिना १० दिनमा शिखर चुमेर कीर्तिमान कायम गरिसकेका छन् ।

एकै याममा दुईपटक सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले बनाएको कीर्तिमान पछिल्लो समय ब्रेक गर्न चर्चित कीर्तिमानी आरोही कामिरीता र पूर्णिमाहरू सफल भइरहेका छन् । सामान्यतयास् एक याममा आरोहीले एकपटक मात्रै हिमाल आरोहण गर्ने गर्दछन् ।

यो मात्र होइन सगरमाथाकै चुचुरोमै विवाह गरेको कीर्तिमान पनि छ । पेम दोर्जी शेर्पा र मोनी मुलेपतीले ३० मे २००५ मा सगरमाथाको सफल आरोहण गर्दै चुचुरोमै विवाह गरे ।

उनीहरूले विश्वकै सबैभन्दा अग्लो ठाउँमा विवाह गर्ने जोडी बनेर कीर्तिमान बनाएका थिए । यस्ता कीर्तिमान आरोहीहरूले बनाइरहेका छन् । यही कीर्तिमानीका कारण सगरमाथाको चर्चा विश्वभर चुलिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com