अमेरिकामा बदलिएको शरणार्थी जीवन


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

नेपालको शरणार्थी शिविरमा वर्षौं विताएपछि पश्चिमा देशमा पुनर्स्थापित भएका भुटानीहरुको बदलिएको जीवन देखाउने तस्वीरहरु।

पुनर्स्थापित भुटानी शरणार्थी

वर्षौंसम्म नेपालका विभिन्न शिविरमा शरणार्थीको जीवन विताएका दशौं हजार भुटानी अहिले तेस्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तर्गत विभिन्न पश्चिमा देश पुगेका छन्। तीमध्ये अधिकांश अमेरिका पुगेका छन्। भुटानी शरणार्थीहरूको एउटा सानो बस्ती अमेरिकाको क्यान्सस राज्यमा पनि छ।

पुनर्स्थापित भुटानी शरणार्थी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विरानो मुलुकमा पुगेपनि आफ्ना परम्परा उनीहरुमध्ये धेरैले कायमै राखेको देखिन्छ। त्यहाँ अधिकांश भुटानी समुदायका मानिसहरुको घरको प्रवेशद्वारमा यस्तै रंगीचंगी कपडा राखेर सजाइएको देख्न सकिन्छ।पुनर्स्थापित भुटानी शरणार्थी

अमेरिकाका विभिन्न राज्यमा गएका भुटानी आप्रवासीलाइ उनीहरूले लगाउने पहिरनका कारण सजिलै चिन्न सकिन्छ। खासगरी परिवार नै आएका कारण बुवा आमा वा सासुससुराका अगाडि पश्चिमा लुगा लगाउन धक लाग्ने महिलाहरू बताउँछन्।पुनर्स्थापित भुटानी शरणार्थी

क्यान्ससमा हिन्दु धर्म मान्ने अधिकांश भुटानी समुदायका सदस्यहरुको घर अगाडि तुलसीको मठ छ र उनीहरू दैनिक त्यसमा भुटान वा नेपालमा रहँदाको बेला जस्तैगरी पूजा गर्छन्।पुनर्स्थापित भुटानी शरणार्थी

तर पहिला हिन्दु वा बौद्धमार्गी रहेका भुटानी आप्रवासीहरू मध्ये कतिपयले अमेरिका प्रवेश गरेपछि धर्म परिवर्तन गर्ने क्रम पनि संगसंगै बढिरहेको समुदायका सदस्यहरुले बताउने गरेका छन्।पुनर्स्थापित भुटानी शरणार्थी

विभिन्न राज्यमा समुदायमै बसेका भुटानीहरूले खासगरी भुटानी, नेपाली र अन्य दक्षिण एशियाली मुलुकका ग्राहकलाई आकर्षित गर्ने गरि दैनिक उपभोग्य सामान, कपडा, श्रृंगार, खेलौना आदिको पसल राखेका छन्।पुनर्स्थापित भुटानी शरणार्थी

नेपालको शिविरमा रहँदा शिक्षिका रहेकी मुना रेग्मीले १० वर्षअघिसम्म आफ्नै घर र गाडी होला भन्ने कल्पनै नगरेकी भएपनि उनी लगायत यहाँ बस्ने महिलाहरू अहिले कार बिना जीवनयापन नै सम्भव नहुने बताउँछन्।पुनर्स्थापित भुटानी शरणार्थी

स्कुल वा कलेज पढ्दै गरेका किशोरीहरू अमेरिका आएपछि खेल तथा अन्य अतिरिक्त क्रियाकलापमा सक्रिय छन्। नेब्रास्का राज्यमा हुन लागेको खेलमा भाग लिन अभ्यास गर्दै भुटानी किशोरीहरू।पुनर्स्थापित भुटानी शरणार्थी

अन्य रोजगारी नगर्ने महिलाहरूले समय बिताउनका लागि घर वरपरको बारीमा भुटान र नेपालमा रहने बेला जस्तै तरकारी लगाउने गरेका छन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com