मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी


प्रकाशित मिति : भाद्र १५, २०७४ बिहीबार

मुम्बई, १५ भदौ । भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ ।

मुम्बइको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो । त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ । बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ ।

मुम्बइमा दुई दिनदेखि भारी बर्षा जारी रहेको छ । सो बर्षाका कारण पनि उक्त भवन भत्किएको अुनमान गरिएको छ । भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ ।

प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार उक्त भत्किएको भवनको भग्नावषेशबाट तीन जनाको सव निकाएको छ । सो जानकारी ती अधिकारीले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन् । साथै उनका अनुसार उक्त भवनमा ४० जना पुरिएर रहेको सङ्ख्या उक्त भवनका बासिन्दाले नै जानकारी दिएका छन् ।

भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ । उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको छ ।

मुम्बइमा भारी बर्षा जारी, १० को मृत्यु

यसैबीच प्राप्त अर्काे एक समाचारमा मुम्बइका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार रातिसम्ममा १० जनाको ज्यान गएको छ । मुम्बइको प्राकृतिक प्रकोप उद्वार कार्यान्वयन समितिले सो जानकारी दिएको हो ।

प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण यहाँका विद्यालयहरु बुधबारदेखि नै बन्द गरिएको छ । त्यस्तै यातायातका साधन, ब्यापार र होटल प्रतिष्ठानहरु पनि बुधबार बन्द थिए । यी कार्यालयहरु बिहीबार पनि विहानसम्म खुल्न सकेका छैनन् ।

भारतको आर्थिक राजधानी मानिने सो सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।

गएका केही दिनयतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पु¥याएको छ । यस मुनसुनमा भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

मुम्बईमा बर्षा जारी छ । पानी जमेका कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको जानकारी बुधबार अपरान्ह नै दिइएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com