न्युयोर्कको सन्नीसाइडको ट्रेन स्टेशनबाहिर १७ बर्षीया किशोरीको घाँटीमा चक्कु प्रहारबाट हत्या


प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार

बुधबार राती न्युयोर्कको क्वीन्स सन्नीसाइडको ट्रेन स्टेशन बाहिर एक १७ वर्षीया किशोरीको घाँटीमा छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा संदीग्धलाई हिराशतमा लिइएको छ ।

सन्नीसाइडको ४६ औं स्ट्रीट स्टेशनबाहिर किशोरीको घाँटीमा छुरा प्रहार भएको घटनाबारे प्रहरीले बेलुका ९ बजेर २५ मिनेटमा खबर पाएको थियो । त्यसपछि घटनास्थलमा पुग्दा किशोरीलाई घाँटीका छुरा प्रहारबाट ढलेको अवस्थामा फेला पारिएको थियो ।

मेडिक्स टिमले उनलाई तत्काल एल्महर्स्ट अस्पताल लगेका थिए । त्यसपछि डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए । बिहीबार बिहानसम्म अनुसन्धान जारी रहेको जनाइएको छ ।

एउटा चक्कु माथिल्लो ट्र्याकहरू मुनि भुइँमा घटनास्थलमा छोडिएको थियो । तस्बिरहरूमा झोलाहरु पनि च्यातिएको अवस्थामा भुईमा छरिएको र रगतले भिजेका कागज टावेलहरु भुइँमा रहेको देखिएको थियो ।

न्युयोर्क सिटीमा टीनएजरहरुविरुद्ध हिंशाका घटना बढिरहेको सन्दर्भमा यो घटना भएको हो । पछिल्लो दुई दिनमा न्युयोर्क सिटीभर किशोरकिशोरीहरू विरुद्धको हिंसामा ती युवती कम्तीमा सातौं पीडित हुन् ।

यो घटनाभन्दा केही घण्टा अघि ब्रोन्क्स म्याकडोनाल्ड्स बाहिर २ जना १५ वर्षीय केटाहरूलाई छुरा प्रहार गरिएको थियो। दुवै निको हुने अपेक्षा गरिएको छ।एक दिन अघि एक बन्दुकधारीले १६ वर्षीया महकी ब्राउनलाई लक्जरी सोहो होटल बाहिर गोली हानेर मारेको थियो ।

यस अगाडि गत हप्ता ब्रोन्क्समा १७ वर्षीया एमिली मिजेलको छुरा प्रहारपछि मृत्यु भएको थियो । मिजेलको हत्याको आरोपमा प्रहरीले १५ वर्षीया किशोरीलाई पक्राउ गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com