विश्वका ५० धनी सहरको सूचीमा न्युयोर्क शीर्ष स्थानमा


प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार

people walking on pedestrian lane during night time

नयाँ अध्ययन प्रतिवेदन अनुशार न्युयोर्क सिटी विश्वको सबैभन्दा धनी शहर बनेको छ । २ लाख ५९ हजार ५ सय करोडपति र ६० अरबपतिहरूका साथ न्युयोर्क सिटी विश्वको धनी शहर बनेको हो । क्यालिफोर्नियाको बे एरिया थोरै पछाडि रहेको नयाँ अध्ययनले देखाएको छ ।

सान फ्रान्सिस्को र बे एरियाले पनि छिटो फड्को मारिरहेको छ। बे एरियामा करोडपति जनसंख्या गत दशकमा ८२ प्रतिशत बढेर ३ लाख ७ हजार ५ सय पुगेको छ। डिसेम्बरसम्मको विश्वव्यापी धनी जनसंख्याको तुलना गर्ने प्रतिवेदनका अनुसार ६८ अर्बपतिहरूको साथमा बे एरिया अर्बपति जनसंख्यामा भने अग्रस्थानमा छ।

न्यु वर्ल्ड वेल्थसँगको सहकार्यमा हेन्ले एण्ड पार्टनर्सको प्रतिवेदनअनुसार न्युयोर्कमा करोडपतिहरुको जनसंख्या गत दशकमा ४८ प्रतिशत बढेको छ। न्युयोर्कमा करोडपतिको जनसंख्या अब ओर्लान्डो वा पिट्सबर्गको सम्पूर्ण जनसंख्या भन्दा ठूलो बनेको छ। न्युयोर्कका बासिन्दाहरूसँग अहिले ३ ट्रिलियन डलरभन्दा बढी सम्पत्ति छ, जुन ब्राजिल, इटाली वा क्यानडाको जीडीपीभन्दा बढी हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका विश्वमा करोडपति र अर्बपतिहरूको सबैभन्दा ठूलो जननीका रूपमा आफ्नो नेतृत्व बढाइरहेको छ । प्रतिवेदनका अनुसार शीर्ष ५० धनी सहरमध्ये ११ वटा अमेरिकामा रहेका छन् ।

संसारका केही शहरहरू भने पछाडि धकेलिएका छन् । एक दशकअघि विश्वको सबैभन्दा धनी सहर रहेको टोकियो अहिले तेस्रो स्थानमा छ, जहाँ करोडपतिको जनसंख्या ५ प्रतिशत घटेर २ लाख ९८ हजार ३०० मा झरेको छ ।

धेरै वर्ष संसारको सबैभन्दा धनी शहर रहेको लन्डन पाँचौं स्थानमा झरेको छ । ब्रेक्जिट, रुसी प्रतिबन्ध र अन्य नीतिहरूले सम्पत्तिको माइग्रेसनलाई सुस्त बनाएको छ। सहरको करोडपति जनसंख्या गत दशकमा १० प्रतिशत घटेको छ।

चीन पहिलो पटक शीर्ष १० मा परेको छ । बेइजिङमा विगत दशकमा करोडपतिको संख्या ९० प्रतिशत बढेर १२५,६०० पुगेको छ। यद्यपि गत वर्ष करोडपति जनसंख्या ४ प्रतिशत कम भएको थियो ।

चीनबाट धनको प्रवाहबाट फाइदा उठाउँदै सिंगापुर वरियतामा दुई स्थान माथि उक्लिएर चौथो स्थानमा पुगेको छ । करोडपतिहरूको संख्या ६४ प्रतिशत वृद्धि भएर २ लाख ४४ हजार ८ सय पृगेको छ । सन् २०२३ मामात्रै ३४ सय भन्दा बढी करोडपतिहरू सिंगापुरमा बसाई सरेका थिए ।

यसरी विश्वका धनीहरुको बसोबास रहेको टपटेन सुचीमा पहिलो न्युयोर्क सिटी, दोश्रो क्यालिफोर्नियाको बे एरिया, तेश्रो टोकियो, चौथो सिंगापुर, पाँचौं लण्डन, छैठौं लस एन्जलस, सातौं पेरिस, आठौं सिड्नी, नवौंमा हंगकंग र दशौंमा बेइजिङ रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com