क्यालिफोर्नियामा ड्राइभर लाइसेन्सका लागि लिखित परीक्षामा नेपाली भाषा अनुवादक उपलब्ध


प्रकाशित मिति : बैशाख २१, २०८१ शुक्रबार

क्यालिफोर्नियामा ड्राइभर लाइसेन्सका लागि लिखित परीक्षामा नेपाली भाषा अनुवादकको अनुरोध गर्न सकिने डीएमभी क्यालिफोर्नियाले जानकारी दिएको छ । नेपाली भाषामा लिखित परीक्षा दिन चाहने सेवाग्राहीले डीएमभीको भाषा अनुवाद सेवामा सम्पर्क गर्नसक्ने र त्यसपछि डीएमभीले व्यक्तिगत रुपमा उपस्थीत भएर लिने लिखित परीक्षाका लागि निशुल्क भाषा अनुवादक उपलब्ध गराउने डीएमभी क्यालिफोर्नियाले खसोखासलाई जानकारी दिएको छ ।

भाषा अनुवादक चाहिने व्यक्तिले ८०० ७७७ ०१३३ मा डीएमभीमा फोन सम्पर्क गरेपछि भाषा अनुवादकको उपलब्धतामा अप्वाइन्टमेन्ट मिति र समय तय गरिनेछ । त्यसपछि उक्त र मितिमा समयमा सेवाग्राहीले डीएमभी कार्यालयमा गएर भाषा अनुवादकको सहायतामा लिखित परीक्षा दिन सक्नेछन् । भाषा अनुवादकले सेवाग्राहीलाई लिखित परीक्षामा सोधिएका अँग्रेजी भाषाका प्रश्नहरु नेपालीमा अनुवाद गर्न मद्दत गर्नेछन् ।

अनुवादकको व्यवस्था भएतापनि अहिले नै लर्नर पर्मिटका लागि नेपाली भाषामा नै परीक्षा दिने व्यवस्था भने नभएको डीएमभी क्यालिफोर्नियाले जनाएको छ । निकट भविश्यमा नेपाली भाषामा नै परीक्षा दिने व्यवस्था गर्ने लक्ष्य रहेको तर कहिलेदेखि सुरु गर्ने भन्नेबारे अहिले नै निर्धारण नभइसकेको डीएमभी क्यालिफोर्नियाले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सार्वजनिक सेवाहरूको लागि अंग्रेजी बाहेक अन्य भाषाहरू उपलब्ध गराउनु पर्ने आवश्यकताहरू राख्ने डायमली एलाटोरे बहुभाषी सेवा ऐनको पालना गर्दै आफूहरुले जिम्मेवारीलाई गम्भीरताका साथ लिने डीएमभी क्यालिफोर्नियाले जनाएको छ । यो ऐनले राज्यमा बसोबास गर्ने अन्य भाषा बोल्नेहरुलाई राज्य सरकारले उनीहरुको भाषामा सेवा दिनुपर्ने व्यवस्था गरेको छ ।

क्यालिफोर्निया राज्यका सबै तहका सरकारहरू र भाषा अवरोधका कारण सार्वजनिक सेवाहरूको उपयोग गर्नबाट वञ्चित राज्यका जनताहरू बीच प्रभावकारी सञ्चारको व्यवस्था गर्न यो उक्त ऐन ल्याइएको थियो । जस अनुशार राज्यका प्रत्येक निकायहरुले प्रत्यक्ष रूपमा जानकारी प्रदान गर्न वा जनतालाई सेवाहरू प्रदान गर्न पर्याप्त संख्यामा अंग्रेजीबाहेकका भाषा बोल्ने व्यक्ति समेत राख्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।

डीएमभीमा नेपाली भाषा अनुवादक उपलब्ध गराउनु निकै सकारात्मक रहेको र निकट भविश्यमा नेपाली भाषामा नै परीक्षा दिने व्यवस्था हुनुपर्ने क्यालिफोर्नियाका संचारकर्मी पुरुषोत्तम ढकालले बताए । क्यालिफोर्नियामा ठुलो संख्यामा रहेको नेपाली भाषीको अमेरिकी मुलधारमा सामाजिकिरणको यात्रामा यो ऐतिहासिक सफलता भएको उल्लेख गर्दै अब नेपाली भाषी बालबालिकालाई मातृभाषा नेपाली ऐच्छिक पढ्ने अवसर प्रदान गर्ने अभियानमा लाग्ने बेला भएको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com