अब टर्की हुँदै निश्चित गन्तव्यमा जाने नेपालीलाई इलेक्ट्रोनिक ट्रान्जिट भिसा चाहिने


प्रकाशित मिति : बैशाख ३, २०८१ सोमबार

white airliner

अब टर्की हुँदै मेक्सिको, पानामा, ब्राजिल र भेनेजुयला जाने नेपालीलाई ट्रान्जिट भिसा चाहिने भएको छ । टर्कीको ट्रान्जिट हुँदै यात्रा गर्दा नेपालीहरुले अब इलेक्ट्रोनिक एयरपोर्ट ट्रान्जिट भिसा लिनुपर्ने भएको छ । यो नियम अप्रिल १५ बाट लागु भएको छ ।

टर्कीस एयरलाइन्सले दक्षिण अमेरिकी गन्तव्यहरूका साथै ब्राजिल, क्युबा, कोलम्बिया, मेक्सिको र भेनेजुएला जाने यात्रुहरूका लागि थप स्क्रिनिङको चेतावनी दिएको छ । टर्की हुँदै मध्य पूर्व तथा ल्याटिन अमेरिकादेखि उत्तरी अमेरिकासम्म टर्किए हुँदै अनियमित आप्रवासन बढेको भन्दै यो उपाय अपनाइएको जनाइएको छ ।

टर्कीका अधिकारीहरूका अनुसार परराष्ट्र मन्त्रालयले एयरपोर्ट ट्रान्जिट भिसाका लागि इलेक्ट्रोनिक आवेदनको कार्यान्वयनलाई अन्तिम रूप दिएको छ। यात्रुहरूले यी भिसाहरू मन्त्रालयको वेबसाइट मार्फत निःशुल्क प्राप्त गर्न सक्छन्। ईभिसाको लागि आवेदन दिन यात्रुहरूले आफ्नो विवरण, आवासीय ठेगाना विवरण र टिकट नम्बरहरू सही रूपमा प्रविष्ट गर्नुपर्छ।

नेपाली पासपोर्ट

इस्तानबुल एयरपोर्ट इन्टरनेशनल ट्रान्जिट प्यासेन्जर हलमा आइपुगेपछि ई -ट्रान्जिट भिसा चाहिने यात्रुहरूले हलको दुबै छेउमा अवस्थित भिसा पोइन्टहरूमा उनीहरूको भिसा प्रमाणित गर्नुपर्नेछ । एक पटक प्रमाणीकरण भएपछि यात्रुहरू प्रस्थानतिरको सेक्युरिटी चेकतर्फ जान सक्नेछन् । ईट्रान्जिट भिसा चाहिने यात्रुहरूले इस्तानबुल एयरपोर्टमा ट्रान्जिटको क्रममा भिसाको प्रिन्ट गरिएको प्रतिलिपिहरू पनि बोक्नुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेनेजुएला जाने यात्रुहरूले काराकसको साइमन बोलिभर एयरपोर्ट प्रयोग गर्न अनिवार्य गरिएको छ । कनेक्टिङ उडानहरू भएकाहरूले आफ्नो यात्रा जारी राख्नु अघि पहिले भेनेजुएला प्रवेश गर्नुपर्छ।

थप रूपमा भेनेजुएलामा प्रवेश गर्ने यात्रुहरूले यात्राको उद्देश्य, उनीहरूको बसाइको सम्पूर्ण अवधिको लागि भुक्तान गरिएको आवासको प्रमाण, फिर्ता हुने टिकट र नोटरी गरिएको निमन्त्रणा पत्र सहितका कागजातहरू पेश गर्न आवश्यक रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com