जापान र अमेरिकाको संयुक्त आग्रह


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

सोल, १३ भदौ । उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो ।

उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र परिक्षणको जापान, अमेरिका, बेलायत, अष्ट्र्ेलिया र दक्षिण कोरियाले निन्दा गरेको छ ।

जापानी प्रधानमन्त्री सिन्जो आबेले यस क्षेप्यास्त्र परिक्षणलाई अनौठो, गम्भीर र खतरनाक चेतावनी भएको बताउनु हुदै संयुक्त राष्ट्र संघको आकस्मिक बैठक बोलाउन आह्वान गर्नु भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापानको उत्तरी हकाइदो टापूको करिब तीन सय किलोमिटरसम्म उत्तर कोरियाली यो क्षेप्यास्त्र पुगेको थियो ।

उत्तरी कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सुचना गराउने साइरन बजेको र मानिसहरुलाई भूइतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो ।

सन् २००९ मा उत्तर कोरियाले गरेको रकेट परिक्षण जापानको आकाशमा गएको थियो । प्याङ्गयाङ्गले यसलाइ सेटलाइट परिक्षण गरेको भनेको थियो । वासिङ्गटन, सोल र टोकियोले यसलाई गैरकानूनी एक अन्तरमहादेशिय व्यालेस्टिक परिक्षण भनेको थियो ।

उत्तर कोरियाले गत आठ वर्षयता लगाताररुपमा गर्दै आएको क्षेस्यास्त्र परीक्षणहरु जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो ।

प्याङ्गयाङ्गले हालै अमेरिकी मूल भूमिसम्म मार हान्न सक्ने अन्तरमहादेशीय क्षेप्यास्त्रको सफलातापूर्वक परीक्षण गरेकोे बताउँदै आएको छ ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि छोटो दूरीमा हान्न सक्ने तीन वटा क्षेप्यास्त्र परक्षिण गरेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com