नेपाली दूतावास अस्ट्रेलियाको महत्वकांक्षी योजना


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

– नारायण खड्का

भाद्र १३, २०७४- यहाँ रहेको नेपाली दूतावासले यहाँका वाणिज्य दूतावासहरुसँगको सहकार्यमा नेपाल र नेपालीको हितमा गरिने विभिन्न महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेको छ ।

नेपाली दूतावास क्यानबेरामा मंगलबार आयोजना गरिएको राजदुत र वाणिज्यदुतहरुसँगको परामर्श बैठकमा ‘नेपाल अस्ट्रेलिया ट्रेड तथा कमर्स टीम’स्थापना गर्ने लगायत निर्णय गरिएको छ । दूतावासद्वारा पठाइएको विज्ञप्तिमा उक्त टीमले नेपाल र अस्ट्रेलियाबीच व्यापार, वाणिज्य तथा लगानीको अवसरहरुको विस्तारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

यसै गरी विद्यार्थीहरुको हितका लागि कल्याणकारी कार्यक्रम ल्याउने, नेपालको उत्पादन र उद्योग तथा ब्यवसायको प्रवर्द्धन गर्न आर्थिक सम्मेलन गर्ने लगायतका महत्वकांक्षी योजना सार्वजनिक गरिएको छ । विज्ञप्तिमा जनाइए अनुसार नेपाल र अस्ट्रेलियाका सहरहरुका बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, सांस्कृतिक कार्यक्रमहरुको आदानप्रदानमार्फत द्िदेशीय सम्बन्धलाई अझ मजबुत बनाउन पहल गर्ने, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा शैक्षिक परामर्शदाताहरुसँगको सहकार्यमा विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने लगायतका योजनाहरु छन् । यसै गरी, दुईदेशबीचमा उच्चस्तरीय राजनीतिक, शैक्षिक र व्यापारिक भ्रमणहरु आदानप्रदान गर्न समेत पहल गर्ने निर्णय गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले आफ्नो तर्फबाट पहल गरियो भने नै सफलता पाइने हो । पहिलोपटक वाणिज्यदूतहरुसँगको छलफलपछि राजदूत लक्की शेर्पाले कान्तिपुरसँग भनिन् — ‘अस्ट्रेलियामा नेपालीहरुको जनसंख्या बढिरहेको सन्दर्भमा हामीले यी विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्ने सोच हो ।’

राजदूत शेर्पाले नेपालको पहिचान अभिवृद्धि गर्ने र कार्यक्रमहरु ल्याउने कार्यमा वाणिज्य दूतावासहरुको महत्वपूर्ण भूमिका रहेको सुनाउँदै उनीहरुले अझ बढी योगदान दिनुपर्ने बताइन् ।

बैठकमा न्यु साउथ वेल्स र भिक्टोरियाका महावाणिज्यदूतहरु दीपक खडका र चन्द्र योञ्जन तथा दक्षिण अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र क्युन्सल्यान्डका वाणिज्यदूतहरु क्रमश: दीपक धमला, फ्रेडरिक नील ब्राउन र जोसेफ एन्थोनी टुमाको सहभागिता रहेको थियो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com