त्तर कोरियाद्वारा जापानी क्षेत्रमा मिसाइल प्रहार


प्रकाशित मिति : भाद्र १३, २०७४ मंगलबार

भाद्र १३, २०७४- उत्तर कोरियाले जापानी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको छ । उक्त कार्यलाई जापानी प्रधानमन्त्री सिन्जो आवेले आकस्मिक ‘अभुतपूर्व’ चुनौतीको रुपमा लिएको उल्लेख गरेका छन् ।

बीबीसीका अनुसार उत्तरकोरियाले मंगलबार बिहानै प्रहार गरेको मिसाइल समुद्रमा खस्नु अघि उत्तरी जपानको होकाइडो माथिबाट उडेको थियो । उत्तर कोरियाले पछिल्लो समय श्रृंखलाबद्ध रुपमा ब्यलेष्टिक मिसाइइल टेष्ट गरिरहेपनि जापानमाथीबाट प्रक्षेपण गरिएको यो पहिलो पटक हो ।

यसअघि १९९८ र २००९ मा पनि जापानमाथिबाट रकेट प्रक्षेपण गरिएको थियो । त्यसलाई उत्तर कोरियाले हतियार नभएर स्यटेलाइट प्रक्षेपण गर्ने साधन भएको उल्लेख गरेको थियो ।

यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल परामणु बम बोक्न सक्ने शक्तिशाली मिसाइल रहेको हुन सक्ने बताइएको छ । यस विषयमा छलफल गर्नका लागि स‌ंयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने तयारी भइरहेको छ ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com