आज गुड फ्राइडे, यसको अर्थ के हो ? इस्टर सन्डे के हो ? 


प्रकाशित मिति : चैत्र १६, २०८० शुक्रबार

shallow focus photography of hand and people

गुड फ्राइडे क्रिश्चियन चाड हो, यो हरेक वर्ष इस्टरको तीन दिन अघि आउँछ । गुड फ्राइडेदेखि विश्वभरका क्रिश्चियनहरुका लागि जीवनमा सबैभन्दा महत्त्वपूर्ण सप्ताहन्तहरू मध्ये एक सुरु हुन्छ। यो बर्षको गुड फ्राइडे आज अर्थात् मार्च २९ हो ।

इस्टर अघिको शुक्रबारलाई क्रिश्चियन धर्ममा गुड फ्राइडे भनेर चिनिन्छ। यो पवित्र दिनले जिसस क्राइस्ट क्रुसमा टाँगिनु भएको र मानिसहरूका पापहरूको लागि अन्तिम बलिदानको रूपमा  क्रुसमा मर्नु भएको कुरालाई मान्यता दिन्छ ।

गुड फ्राइडेलाई क्रिश्चियनहरूले विश्वको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण सप्ताहन्त मान्दै आएका छन् । क्याथोलिकहरूले प्रायः गुड फ्राइडेमा पवित्र दिनका घटनाहरूको सम्झना गर्दछन्। गुड फ्राइडे क्याथोलिक चर्च भित्र उपवासको दिन हो । गुड फ्राइडे क्रिश्चियनहरूको जीवनमा क्षमाको अन्तिम दिन हो ।

cross silhouette on mountain during golden hour

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गुड फ्राइडेलाई उचित रूपमा नाम दिइएको छ किनभने जिसस क्राइस्ट पीडा र मृत्युबाट गुज्रनुको सुसमाचार उहाँको मृत्यु जत्तिकै भयानक थियो । जिसस क्राइस्टको बलिदानले उहाँका मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनको लागि परमेश्वरको योजनाको नाटकीय समापन भएको क्रिश्चियन विश्वास छ ।

गुड फ्राइडे अमेरिकामा संघीय बिदा भने होइन । बैंक, हुलाकहरु गुड फ्राइडेमा खुला रहेपनि स्टक मार्केट भने बन्द रहन्छ ।

इस्टर मार्च ३१ आइतबार हो । इस्टर गुड फ्राइडे पछिको क्रिश्चियन चाड हो । इस्टर जिसस क्राइष्ट मृत्युबाट बौरी उठेको दिनको उत्सव हो।

यो पवित्र दिनले पाप र मृत्युमाथि जिसस क्राइष्टको विजयलाई दर्शाउछ । साथै तिनीहरूको विश्वासद्वारा जिसस क्राइष्टसँग एकताबद्ध हुने जो कोहीको लागि भविष्यको पुनरुत्थानलाई संकेत गर्दछ।

इस्टर सन्डे के हो ? 

संसारभरि करोडौं मानिसहरू इस्टर सन्डे मनाउँछन् । यो क्रिश्चियन चाडले जिसस क्राइस्ट  बौरिएको सम्झना गर्दछ। इस्टरका लागि परम्पराहरू र धार्मिक अनुष्ठानहरू सम्प्रदायहरू र विश्वभरि फरक फरक हुने भएपनि धेरै क्रिश्चियनहरूले चर्च सेवाहरू र प्रार्थना मार्फत छुट्टी मनाउँछन्। त्यो बाहेक अरूहरूले पनि रंगीन अण्डाहरू, चकलेटका टोकरीहरूका साथ जादुमय इस्टर बन्नीको भ्रमणको आशा गरिरहेका हुन सक्छन् ।

रोमनहरुले जिसस क्राइस्टलाई क्रूसमा टाँगे पछि बौरिएको विश्वास गरिन्छ । इस्टरको जरा जिसस क्राइस्ट मृत्युबाट बौरी उठेको साताको एकदिनसँग जोडिएको छ । यो यहूदी सब्बथ पछि हप्ताको पहिलो दिन हुन्थ्यो, जुन शनिबार थियो ।

प्रारम्भिक रूपमा क्रिश्चियनहरूले प्रत्येक आइतवारलाई इस्टर जस्तै मनाउने गर्थे। प्रारम्भिक रूपमा इस्टरको कुनै वार्षिक उत्सव थिएन, तर दोस्रो र तेस्रो शताब्दीमा, त्यहाँ इस्टरको वार्षिक उत्सव हुन थाल्यो । पछि उत्सव बढ्यो।

इस्टरले पवित्र हप्ताको अन्तिम दिनलाई बुझाउछ । जसमा धेरै दिनहरू हुन्छन् जुन प्रत्येकले आफ्नै महत्त्व राख्दछ। जिसस क्राइस्ट यरूशलेममा प्रवेश गर्दाको स्मरण गर्दै पाम सन्डे मनाइन्छ । अन्तिम भोजको स्मरण गर्दै होली थर्सडे मनाइन्छ । जिसस क्राइस्टको क्रूसमा टाँगिएको र मृत्युको सम्झना गर्दै गुड फ्राइडे मनाइन्छ भने येशूको पुनरुत्थानको स्मरण गर्दै इस्टर सन्डे मनाइन्छ ।

इस्टर मास क्याथोलिकको सबैभन्दा लामो सत्र मध्ये एक हो। केहीको लागि इस्टर भिजिल शनिबार राति सूर्यास्त पछि वा आइतबार बिहान इस्टरको सूर्योदयमा सुरु हुन्छ। क्याथोलिक र अर्थोडक्स चर्चहरू जस्ता केही क्रिश्चियन चर्चहरूले पनि इस्टरको अक्टेभ मनाउँछन् ।

इस्टरको मिति प्रत्येक वर्षको सामान्यतया मार्च २२ र अप्रिल २५को बीचमा हुन्छ । छोटकरीमा भन्दा पूर्णिमा पछिको पहिलो आइतवार इस्टर पर्छ। पश्चिमी क्रिश्चियन धर्मले ग्रेगोरियन क्यालेन्डर प्रयोग गर्दछ।

धार्मिक अनुष्ठानहरू बाहेक, इस्टरको व्यावसायिक उत्सवहरूले अण्डा, चल्ला र  इस्टर बन्नीको छुट्टीको प्रतीकलाई लोकप्रिय बनाएको छ। यी प्रतीकहरू धर्मसँग जोडिएको छ ।

उत्तरी गोलार्धमा जहाँ इस्टर वसन्तमा हुन्छ, मौसमसँग सम्बन्धित नयाँ जीवनका छविहरू छुट्टीसँग जोडिएका छन् । चल्ला र अण्डाहरू वसन्त ऋतुको वरिपरि नयाँ जीवन र प्रजनन क्षमताको संकेत हुन् ।

इस्टर अण्डाहरूले पनि जिसस क्राइस्टको चिहान र पुनरुत्थानको प्रतिनिधित्व गर्छन् । अण्डा रङगाउने प्रचलन पुरातन मध्य पूर्वमा सुरु भएको थियो जब मानिसहरूले अण्डा रङगाउन प्याजको छाला प्रयोग गर्थे ।

अण्डाहरू पनि तिनीहरूको महत्त्वको कारणले सजाइएको थियो । बुधबार र इस्टर सन्डेको बीचमा उपवासको समय अवधिमा मासु साथै दुग्ध उत्पादनहरू खान छाडिएको थियो । अण्डा खान पाउनु साँच्चै ठूलो कुरा थियो। त्यसैबेला मानिसहरूले अण्डा सजाउने चलन सुरु गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com