बाल्टिमोर पुल भत्किदा हराएका ६ जना जीवित भेटिने आशा सकिएपछि खोजी र उद्धार कार्य समाप्त


प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार

Boats move near a container ship as it rests against wreckage of the Francis Scott Key Bridge on Tuesday, March 26, 2024, as seen from Dundalk, Md. The ship rammed into the major bridge in Baltimore early Tuesday, causing it to collapse in a matter of seconds and creating a terrifying scene as several vehicles plunged into the chilly river below. (AP Photo/Matt Rourke)

कोस्ट गार्डले बाल्टिमोरको फ्रान्सिस स्कट की पुल भत्किँदा हराइरहेका छ जनाको खोजी र उद्धार कार्य समाप्त गरेको छ। यी मध्ये कुनै पनि व्यक्ति अझै जीवित भेट्टाउन सक्ने आशा नभएपछि खोजी र उद्धार कार्य समाप्त गरिएको हो । बाल्टिमोर पुल भत्किएको १८ घण्टाभन्दा बढी समयपछि कोस्ट गार्डले हराएका छ जना व्यक्तिको खोजी र उद्धार कार्य समाप्त गरेपछि यो हृदयविदारक निष्कर्ष भएको मेरिल्याण्डका गभर्नर वेस मूरले बताएका छन् ।

बाल्टिमोरको प्रमुख पुल मंगलबार बिहान एक कन्टेनर जहाज यसमा ठोक्किएपछि भत्कियो र धेरै गाडीहरू तल नदीमा खसे। उद्धारकर्ताहरूले पानीमा धेरै व्यक्तिहरूको खोजी गरिरहेका थिए। (केटलिन न्यूम्यान/एपी मार्फत बाल्टिमोर ब्यानर)

हराएका छ जनाको मृत्यु भएको अनुमान गरिएको छ। उनीहरु निर्माण मजदुरहरू हुन् । घटना हुँदा उनीहरु पुलमा नै रहेका थिए । अधिकारीहरुका अनुसार पुल भत्किदा त्यसमा आठ जना सवार थिए । कम्तिमा दुई जनालाई उद्धार गरिएको थियो । एकलाई अस्पताल लगिएको थियो र डिस्चार्ज गरिएको छ।

जहाजले ठक्कर दिएपछि डुङ्गाहरूले फ्रान्सिस स्कट की ब्रिजको भग्नावशेष सार्दै (एपी फोटो/म्याट रुर्के)

बाल्टिमोरको फ्रान्सिस स्कट की पुलमा कन्टेनर पानी जहाज ठोक्किएपछि ध्वस्त भएको हो । अधिकारीले १ दशमलव ६ माइल लामो चार लेनको पुल भत्किनु भयानक दुर्घटना भएको बताएका छन् ।

यो पुल पटापस्को नदीमा फैलिएको छ भने बाल्टिमोर हार्वरको सबैभन्दा बाहिरी क्रसिङको रूपमा काम गर्दछ। यो इन्टरसेक्सन ६९५ वा बाल्टिमोर बेल्टवेको एक अत्यवश्यक लिङ्क हो।

फ्रान्सिस स्कट की ब्रिजको भत्किएको स्प्यान । (एपी फोटो/मार्क स्किफेलबेन)

मेरिल्याण्डका गभर्नर वेस मूरले पुल भत्केपछि संकटकालको घोषणा गरेका छन् । मूरले आफ्नो कार्यालय अमेरिकी यातायात सेक्रेटरी पीट बुटाजज, बाल्टिमोरका मेयर, काउन्टी कार्यकारी र आपतकालीन सेवाहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन् ।

बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिजमा  एउटा कन्टेनर जहाज मंगलबार बिहानै ठोक्कियो, जसले गर्दा  धेरै सवारी साधन चिसो पानीमा खसे । (एपी फोटो / नाथन एलग्रेन)

मंगलबार बिहानै एउटा कार्गो जहाज बाल्टिमोरको पूर्वी तटीय महानगरको बन्दरगाहमा रहेको चार लेनको फ्रान्सिस स्कट की पुलमा ठोक्किएको थियो । जसको कारण यो पुल भत्किएको हो । पुलसँग ठोक्किनु अघि जहाजका चालक दलले मेडे कल जारी गरेका थिए । भिडियोमा जहाजले ठक्कर दिएपछि चार लेनको पुल भत्किएको देखाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com