पूर्व फार्क छापामार चिकित्सा शिक्षाका लागि क्युबामा


प्रकाशित मिति : भाद्र ११, २०७४ आईतबार

हवाना, ११ भदौ । कोलम्बियाका पूर्व फार्क छापामारहरुका लागि पहिलो चरणमा दिईने चिकित्सा शिक्षाका लागि दुई सय जनाको समूह क्युवा पुगेका छन ।

दक्षिण अमेरिकी देश कोलम्बियाको शान्ति प्रक्रियालाई सघाउने उद्धेश्यले क्युबाले उनीहरुलाई सरकारी छात्रबृत्तिमा चिकित्सा शिक्षा दिन लागेको हो ।

हवानाको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा छात्रबृत्तिबाट लाभान्वित उनीहरुलाई क्युबाका विदेश मन्त्री र स्वास्थ्य मन्त्रीले स्वागत गर्नुभएको थियो ।

क्युबाको चिकित्सा शिक्षा ल्याटिन अमेरिकी देशहरु मध्येको उत्तम मानिन्छ । हामीले यहाँ चिकित्सा शिक्षा अध्ययन गर्न पाउनु ठूलो उपलब्धी हो, कोलम्बियाली युवा जुङ क्वीजानोले सिन्ह्वासँग बताएका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फार्क छापामारहरुको सदस्य भएकाले क्वीजानोले क्युवामा ६ बर्षे चिकित्सा शिक्षा लिएर चिकित्सक बन्ने अवसर पाउनु भएको हो ।

”हामीलाई चिकित्सक बन्ने अवसर दिएको र कोलम्बिया जनतालाई सहयोग गर्न सक्ने सक्षम बनाउन लागेकोमा क्युबाप्रति हामी अत्यन्तै आभारी छौं,“ उहाँले भन्नुभयो ।

अहिले निसस्त्र भएका पुर्व छापामार लाउरा हेर्रेराले क्युबाले छात्रबृत्ति दिएपछि आफुहरुको सपना सत्यमा परिणत भएको बताउनु भयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com