शिकागो नदी नै हरियो बनाइने र परेडका साथ धुमधामले मनाइने ‘सेन्ट प्याट्रिक’ डे के हो ?


प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार

(240317) — CHICAGO, March 17, 2024 (Xinhua) — People dye the Chicago River green in celebration of St. Patrick’s Day in Chicago, the United States, March 16, 2024. (Photo by Joel Lerner/Xinhua)

सेन्ट प्याट्रिक डे आयरल्याण्डका संरक्षक सेन्ट प्याट्रिकको सम्झनामा मनाइन्छ। क्रिस्चियन धर्मलाई आयरल्यान्डमा ल्याएका सेन्ट प्याट्रिकको सम्झनामा मनाइने यो धार्मिक पर्व लगभग विश्वव्यापी उत्सव बनेको छ, र अमेरिकामा धूमधामका साथ मनाइन्छ।

शनिबार शिकागो प्लम्बर युनियनले सेन्ट प्याट्रिक दिवसको उत्सवमा गोप्य तर वातावरणमैत्री रङले शिकागो रिभरको पानी रंगाएर हरियो बनाएको थियो । हजारौंले शिकागो रिभरको पानी हरियो बनाएको एक घण्टाको पूर्ण प्रक्रियाको अवलोकन गरेका थिए । सेन्ट प्याट्रिक डेको दशकौंदेखि यो परम्परा चल्दै आएको छ ।

सेन्ट प्याट्रिक डे परेड अमेरिकामा यस उत्सवको मुख्य आकर्षण हो। सेन्ट प्याट्रिकको सम्मानमा आयोजित पहिलो परेड आयरल्याण्डमा होइन, अमेरिकामा १६०१ मा भएको थियो। आज विश्वको सबैभन्दा ठूलो सेन्ट प्याट्रिक डे उत्सव न्यूयोर्क शहरको वार्षिक परेड हो, जसले २० लाख भन्दा बढी दर्शकहरूलाई आकर्षित गर्दछ।

 टोकियोमा सेन्ट प्याट्रिक दिवस परेड  (युइची यामाजाकी / एएफपी )

सेन्ट प्याट्रिक चौथो शताब्दीको अन्त्यमा रोमन साम्राज्यको भाग रहेको बेलायतमा जन्मेका थिए । उनी ३८५ ईश्वीमा जन्मेको विश्वास गरिन्छ । उनको वास्तविक नाम मेविन सुक्कुट थियो । १६ वर्षको उमेरमा उनलाई आयरिश समुद्री डाकूहरूले अपहरण गरेर आयरल्याण्ड लगे । उनलाई काउन्टी एन्ट्रिममा एक आइरिश किसानलाई बेचियो । उनलाई दास जस्तै व्यवहार गरियो भने विभिन्न पहाडहरूमा सुँगुर र भेडाहरूको हेरचाह गर्न बाध्य पारियो।

धेरै दिन भोकै बस्नु पर्यो र धेरै पीडा सहनु पर्यो । छ वर्षपछि त्यहाँबाट करिब २०० माइल पैदल हिडेर उनी बाटोमा जहाजको सहायताले बेलायत फर्के। यो दुखद अनुभवले उनलाई असर गर्यो। परमेश्वरले रक्षा गरेर सुरक्षित रूपमा घर ल्याएको विश्वासमा उनमा बलियो भने । एक रात घर फर्केपछि उनले सपनामा भगवानको आवाज सुने, जहाँ उनलाई आयरल्याण्डमा ईसाई धर्म फैलाउन आग्रह गरिएको थियो । त्यस समयमा आयरल्याण्ड एक मूर्तिपूजक देश थियो जसले ईसाई धर्मलाई पछ्याएको थिएन ।

उनले आफ्नो मिसनरी कार्यको तयारीको लागि बेलायतमा मिसनरीको रूपमा लगभग १५ वर्ष बिताए। र त्यहाँबाट उनी पादरी बने । अनि ईसाई धर्म फैलाउन आयरल्याण्ड पुगे। मूर्तिपूजक देश भएकोले आयरल्याण्डमा विदेशी धर्म फैलाउनु सजिलो काम थिएन। तर पनि गाउँ–गाउँ घुमेर उपदेश र लेखनका माध्यमबाट आफ्नो शिक्षा फैलाउन सफल भए ।

यो पनि विश्वास गरिन्छ कि सेन्ट प्याट्रिकले पवित्र ट्रिनिटीको अवधारणालाई व्याख्या गर्न उदाहरणको रूपमा आयरिश शैमरक प्रयोग गरे। उनको मृत्यु १७ मार्च ४६१ ईस्वीमा भयो। यो मिति अहिले आयरल्याण्ड भर र अन्यत्र सेन्ट प्याट्रिक डेको रूपमा मनाइन्छ। मृत्युपछि शरीरलाई डाउनप्याट्रिकमा गाडियो। मृत्यु पछि प्याट्रिकको जीवनसँग सम्बन्धित धेरै किंवदन्तीहरू रहेका छन् । उनी आयरल्याण्डको सर्वोच्च सन्त मानिन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कभर फोटोमा शनिबार सेन्ट प्याट्रिक डेको उत्सवमा शिकागो रिभरलाई हरियो बनाइदै । जोएल लेर्नर/ सिन्हआ 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com