अमेरिकी चेतावनीपछि मादुरोद्वारा सैनिक इमान्दारिताका लागि आब्ह्वान


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

कराकस (भेनेजुयला) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारसाथ अघि बढ्न निर्देशन दिनुभएको छ ।
मादुरोले बिहीबार प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो तथा उच्च सैनिक नेतृत्व, रक्षा मन्त्री, जनरल रेमेजियो सेवालस, रणनैतिक कमाण्डर लगायतका सुरक्षा क्षेत्रका अधिकारीलाई भेला गरेर सैनिक अभ्यास शुरु हुन दुई दिनअघि इमान्दार र अडिग रहन निर्देशन दिनुभएको छ ।
मादुरोले भन्नुभयो, , खासगरी सेनामा रहेका युवा, प्रष्ट हुनुपर्छ कि हाम्रो सेना मातृभूमिका लागि सङ्घर्ष गर्नुपर्छ । यसको मतलव सेनामा भएका शङ्काहरू यति नै वेला छोड्नुपर्छ ।”
“तपाईहरू ट्रम्प र साम्राज्यवादीहरूसँग वा बोलिभरियन राष्ट्रिय सैनिक बल तथा मातृभूमिसँग कोसँग रहने निर्णय गर्ने बेला आएको छ । भेनेजुयलामाथि यसअघि कहिल्यै यस्तो चेतावनी आएको थिएन ।”
मादुरोले राष्ट्रिय सङ्कट समाधान गर्न नसकेको बताउँदै उहाँको विकल्प खोज्न भन्दै प्रतिपक्षी दलको महिनौ लामो आन्दोलनको सामना गरेपछि संविधान सभाको निर्वाचन गराउनुभएको छ । सभाले विभिन्न कार्य विभाजन गरी काम शुरु गरिसकेको छ ।
अहिले सरकारको मुख्य भरोसा सेना भएको र सेनाले खुट्टा कमाउन नहुने मादुरोको ठहर छ ।
तर प्रतिपक्षीले मादुरोलाई छाडेर आफूहरूको आन्दोलनलाई सहयोग गरी राष्ट्रियताको पक्षमा उभिन पटक पटक आग्रह गरिसकेको छ ।
तर मादुरोले सेनालाई भीषण युद्ध गरेर अमेरिकी हस्तक्षेपको मुकाविला गर्न इमान्दारीसाथ लड्ने तयारी गर्न भेलामा निर्देशन दिनुभयो । भेनेजुयलाको सरकारलाई उनीहरू तानाशाही शासकका रूपमा व्यबहार गर्नेगरेको तर आफ्ना नागरिकको अधिकारका लागि डटेर अघि बढ्न आग्रह गर्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com