न्युयोर्कमा सामान किन्दा क्रेडिट कार्ड शुल्कबारे आजदेखि नयाँ कानून, कसरी आफ्नो पैसा फिर्ता लिने?


प्रकाशित मिति : माघ २७, २०८० शनिबार

woman standing and holding smartphones

बिल तिर्ने बेलामा नगद, क्रेडिट, वा डेबिट मार्फत भुक्तान गर्ने कि नगर्ने भन्ने निर्णय र गणितमा न्युयोर्कबासीहरु अभ्यस्त नै छन्। बिल तिर्ने बेलामा बिक्री कर र क्रेडिट कार्ड शुल्कका कारण ग्राहकले अपेक्षा गरेभन्दा धेरै रकम तिर्नुपर्ने अवस्था आइरहेको हुन्छ । यो विषयलाई सम्बोधन गर्न न्युयोर्ककी गभर्नर क्याथी होकुलले नयाँ उपभोक्ता संरक्षण कानून घोषणा गरेकी छिन् । जस अन्तरगत क्रेडिट कार्ड शुल्कलाई सीमित गर्नुका साथै ग्राहकले खरिद गर्नु अगाडि नै व्यवसायहरूले त्यस्ता शुल्कहरू खुलासा गर्न आवश्यक हुनेछ ।

यो कानुन फेब्रुअरी १० शनिबारदेखि लागु भएको छ । अब व्यापारीहरूले शुल्कका सन्दर्भमा संकेत र भाषा अद्यावधिक गर्न बाध्य हुनेछन् । नयाँ कानून अन्तरगत क्रेडिट कार्ड शुल्कहरु क्रेडिट कार्ड कम्पनीले व्यवसायहरूलाई चार्ज गरेभन्दा धेरै ग्राहकसँग लिन पाइनेछैन । व्यवसायले चेकआउट गर्नु अघि नै शुल्क सहित वस्तुको कुल मूल्य पोस्ट गर्न आवश्यक हुनेछ ।

कसरी र कतिबेला व्यवसायले आफ्नो सेवाहरूमा शुल्क लागू गर्नुपर्छ र गर्नु हुँदैन भन्नेबारे लामोसमयदेखि बहस हुँदै आएको छ । कानूनका धेरै समर्थकहरूले यसले पारदर्शिता प्रदान गर्ने र क्रेडिट कार्डबाट खरिद गर्दा न्युयोर्कवासीहरूलाई झुक्याउनबाट जोगाउने बताउँछन्। डेबिट कार्डहरूमा यो कानून लागू हुँदैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुक्तानीको लागि क्रेडिट कार्ड प्रयोग गर्न चाहने ग्राहकहरूको लागि न्यूनतम शुल्क लगाउने विषय व्यवसायको लागि पूर्ण रूपमा कानूनी छ। र प्रायजसो क्रेडिट कार्ड शुल्कले व्यवसायहरूलाई क्रेडिट कार्ड प्रयोगसँग सम्बन्धित शुल्कहरू घटाउन गर्न मद्दत गर्दछ। यद्यपि, धेरै पटक यी शुल्कहरूबारे ग्राहकहरु स्पष्ट हुँदैनन्।

व्यवसायले नयाँ कानून लागु गर्नका लागि सामानको नगदमूल्यको छेउमा क्रेडिट कार्ड प्रयोग गर्दा हुने मूल्य सूचीबद्ध गर्न सक्नेछन् । व्यवसायले वस्तुहरू र सेवाहरूको लागि क्रेडिट कार्ड मूल्य सूचीबद्ध गर्न सक्नेछन्, त्यसबाट ग्राहकहरूलाई उनीहरूले नगद प्रयोगको लागि छुट पाउने थाहा हुन्छ । व्यवसायले क्रेडिट कार्डबाट किन्ने ग्राहकका लागि सबै मूल्यहरू परिवर्तन गर्न सक्छन् ।

तर व्यवसायले ढोकामा र रजिष्टरमा थप क्रेडिट कार्डबाट सामान किन्नेका लागि ३ दशमलव ९ प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ भनेर बोर्ड, र्सकेत वा सुचनाहरु भने राख्न पाउनेछैनन् । त्यस्तै नगदबाट तिर्नेलाई सबै सामानमा ४ प्रतिशत छुट छ वा क्रेडिट वा डेबिट कार्डबाट गरिएका कुनै पनि खरिदहरूमा नगद छुट प्राप्त हुनेछैन जस्ता सुचनाहरु पनि राख्न पाउनेछैनन् । सुविधा शुल्क, सेवा शुल्क, प्रशासन शुल्क, गैरनगद समायोजन, टेक्नोलोजी शुल्क, प्रशोधन शुल्क जस्ता शुल्क क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई चार्ज गरेर ग्राहकको रसिदमा छुट्टै लाइन वस्तुको रूपमा थप्न पाइनेछैन । प्राइस ट्याक्स राख्दा मूल्य र क्रेडिटकार्डबाट तीर्दा ४ प्रतिशत भनेर लेख्न पाइनेछैन ।

कानुन कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नहरू अझै छन्। कानूनको पालना नगर्ने व्यवसायहरू रिपोर्ट गरिने गभर्नरले चेतावनी दिएकी छिन् । क्रेडिट कार्ड मूल्य निर्धारण सम्बन्धी समस्याहरू अनुभव गर्ने उपभोक्ताहरूलाई रिफण्डका लागि उपभोक्ता संरक्षण महाशाखा वा महान्यायाधिवक्तालाई रिपोर्ट गर्न प्रोत्साहित गरिएको छ । अमेरिकामा पछिल्ला केही वर्षहरूमा, क्रेडिट कार्ड भुक्तानीहरूमा अतिरिक्त शुल्क लगाउन प्रतिबन्धित केही राज्यहरूले कानुनी चुनौतीहरूको सामना गरेका कारणले त्यस्ता नियमहरु हटाएका छन्। हाल कनेक्टिकट, मेन र मासाचुसेट्समा क्रेडिट कार्ड शुल्क लगाउन पाइदैन । कनेक्टिकटमा व्यवसायहरूलाई कानून अन्तर्गत प्रति उल्लङ्घनमा ५ सय डलर दण्डित गर्न सकिने नियम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com