बाढीपहिरोबाट सात हजार व्यक्ति कुपोषित, छसयको स्थिति गम्भीर


प्रकाशित मिति : भाद्र ९, २०७४ शुक्रबार

सप्तरी, ९ भदौ । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।

बाढीले घरमा रहेको अन्नपात बगाएको, तरकारी तथा फलफूल पानीमा डुबेर नष्ट भएको र घाँसपातको कमीले गाई–भैँसीले दूध दिनमा कमी गरेको र आर्थिक अभाव भएका कारण जिल्लाका ६१२ व्यक्ति गम्भीर कुपोषणको शिकार भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा गरिएको सर्वेक्षणअनुसार सप्तरीका ५८ गाविसमा कुपोषण अत्यधिक देखिएको बताइएको छ ।

प्राप्त सर्वेक्षणअनुसार दिघवा, लोनिया, तिलाठी, सकरपुरा, विषहरिया, डुमरी, मैनाकडेरी, देउरी भरुवा, हरिपुर, मुसहरनिया, फर्सेठ, कोइलाडी, बसाइन, बर्दाही, बनैनिया लगायतका बाढीपीडित ग्रामीण क्षेत्रमा कुपोषणका रोगी पाइएको छ । खासगरी गर्भवती महिला, बालबालिका, वृद्धवृद्धामा स्वच्छ खानेपानी र पौष्टिक आहार र गुणस्तरीय खाद्यन्नबाट वञ्चित हँुदा सो रोगको समस्या देखिएको हो ।

बाढीपीडितका लागि सरकारी तथा गैरसरकारी तर्फबाट आउने राहतमा पौष्टिक तत्व नहुने र जीवन धान्ने खालको मात्र राहत आउने गरेको बताइएको छ । सप्तरीका बाढीपीडितको खाद्य सुरक्षासम्बन्धी जिल्ला कृषि विकास कार्यालयमा आयोजित खाद्य सुरक्षा कार्यदल बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयका पदाधिकारीले कुपोषणको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले बाढीपहिरोले सप्तरी जिल्लामा करिब रु १८ करोड मूल्य बराबरको धानबाली, माछा र तरकारी नष्ट भएको जानकारी गराउनुभयो । उहाँका अनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये १३ हजार हेक्टर जमिन क्षतिग्रस्त भएको, अधिकांश बालुवाले पुरिएको, खेत बगरमा परिणत भएको र नहरहरु क्षतिग्रस्त भएको बताइएको छ ।

बैठकमा डब्लुएफपीका क्षेत्रीय संयोजक लक्ष्मीप्रसाद चौधरी, कृषि विभागका वरिष्ठ कृषि बजार विज्ञ कृष्णप्रसाद पौडेल, राससका सगरमाथा अञ्चल प्रमुख सुरेश झा, डब्लुएफपीका जिल्ला संयोजक उमेशप्रसाद उपाध्यायले सप्तरी जिल्लाको खाद्य सुरक्षा र समस्याबारे जानकारी लिनाका साथै विचार व्यक्त गर्नु भएको थियो ।

यसैबीच, पूर्वाञ्चल क्षेत्रीय प्रशासक रवीन्द्रमान श्रेष्ठको नेतृत्वमा पूर्वाञ्चलका सुरक्षा निकायका प्रमुखले बाढीपीडितको अवस्थाबारे सरोकारवालासँग जानकारी लिनाका साथै स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।

सो निरीक्षणका क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले हालै आएको बाढीले सप्तरीमा पाँचजनाको मृत्यु, २० हजार घरपरिवार डुबानमा परेको र एक लाख मानिस प्रभावित भएको बताउँदै राहत र उद्धारको काम सरकारी तथा गैरसरकारी निकायका तर्फबाट भइरहेको जानकारी गराउनुभएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com