चीन-भारत सीमामा गोली किन चल्दैन?


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

भारत र चीनबीच दोक्लाममा गतिरोध उत्पन्न भएको दुई महिनाभन्दा बढी समय भएको छ। दुवै देशका सैनिक आमने-सामने छन्।

त्यहाँको वातावरण पक्कै पनि तनावपूर्ण छ तर अहिलेसम्म दुवै देशले संयम कायम राखेका छन्। कुनै हिंसाको खबर छैन।

भारत-चीनबीच तनाव उत्पन्न हुँदा पनि अवस्था धकेलाधकेलभन्दा अघि बढ्दैन। किन?

चीनस्थित वरिष्ठ पत्रकार सैबल दासगुप्ताका भनाइमा दुवै देशबीच मतभेद जति सुकै भए पनि सिमानामा उत्पन्न उत्तेजनालाई नियन्त्रणमा राख्ने सम्झौता छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खास नियम

प्रधानमन्त्री अटल बिहारी वाजपेयी चीन गएका बेला दुवै देशले आधारभूत राजनीतिक मापदण्ड निर्धारण गरेका थिए र त्यसलाई पछि प्रधानमन्त्री मनमोहन सिंहले पनि अनुमोदन गरेका थिए।

उनका अनुसार दुवै देशले अग्रमोर्चामा रहेका सैनिकसँग हतियार नरहने र ओहदा अनुसार अधिकृतसँग हतियार छ भने पनि त्यसको नाल तल जमिनतर्फ मात्र सोझ्याउन पाउने सहमति छ।

त्यसैले भिडि‌ओमा दुवै देशका सैनिकबीच कुस्ती खेलेको देखिन्छ तर गोली चल्दैन। भिडिओ ध्यान दिएर हेर्दा दुवै देशका सैनिक बच्चा जस्तै भिडेको देखिन्छ।

पत्रकार सैबल दासगुप्ता भन्छन्, “उनीहरुले एक अर्कालाई धकेल्छन्, ढल्छन् अनि फेरि उठ्छन्। कसैले थप्पड हान्दैनन्। थप्पड हान्नु अपमानको प्रतीक हो।”

भारत र चीनका नेता
दुवै देशका नेतृत्वले राजनीतिक गल्ती गरिरहेको एकजना पत्रकारको विश्लेषण छ।

लगातारको सम्झौता

भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताका अनुसार पछिल्लो पटक सन् १९७५ मा दुवै देशका सैनिकबीच गोली चलेको थियो। त्यसबाट कुनै क्षति नभए पनि त्यसयता त्यस्तो कुनै घटना दोहरिएको छैन। जुन दुवै देशबीच भएका लगातारका सम्झौताको कारण सम्भव भएको हो।

मेहता भन्छन्, “सन् १९९३ मा प्रधानमन्त्री पीभी नरसिंह रावका बेला मेन्टिनेन्स अफ पीस एण्ड ट्रैन्क्वीलिटी सम्झौतामा हस्ताक्षर भएको थियो। त्यसपछि सन् १९९६ मा कन्फिडेन्स बिल्डिङ मिजर्स भयो। सन् २००३ र २००५ मा पनि सम्झौता भए। सन् २०१३ मा भएको बोर्डर डिफेन्स कोअपरेशन सम्झौता सबैभन्दा पछिल्लो हो।”

उनका अनुसार दुई देशको सीमा निर्धारण नभएको ठाउँमा दुवैले शान्ति कायम राख्छन् र ती सम्झौताका कारण नै गोली चलेको छैन। दुवै देशले आर्थिक र नागरिक सम्बन्ध राम्रो र परिपक्व भएपछि सीमा मामिला सुल्झाउने निधो गरेका छन्। भारत र पाकिस्तानबीच त्यस्तो सम्झौता छैन।

गुमाउँदै संयम

पछिल्लो पटक लद्दाखमा भारत र चीनका सैनिकबीच ढुंगा हानाहान भएको कथित भिडिओ बाहिर आयो।

के दुवै देशका सैनिकले संयम गुमाउन थालेका हुन्?

साँच्चिकै त्यसो भएको हो भने शान्तिको सिलसिला टुट्दै गएको सैबल दासगुप्ताको बुझाइ छ। उनी भन्छन्, “इतिहासमा हरेक पटक राजाले युद्ध गराएको पाइन्न। युद्ध कयौं पटक गल्तीले हुने गरेका छन्।”

उनका अनुसार दुवै देशको तर्फबाट २१-२२ वर्षका सैनिक तैनाथ गरिएका छन्। सैबल दासगुप्ता भन्छन्, “मिडियाले उत्तेजना फैलाई रहेको छ। सरकारले जति नै शान्ति कायम राख्न भने पनि संयम टुट्न सक्छ र गल्ती हुनसक्छ।”

भयावह भविष्य!

सैनिक
सन् १९६२ मा भारत र चीनबीच भएको युद्ध पछिको एक तस्वीर।

दोक्लाममा दुई महिनाभन्दा बढी समयदेखि तनाव देखिएकाले जोखिम बढ्दै गएको उनको बुझाई छ।

त्यसैले कतै गोली नचलोस् भनेर तत्कालै कदम उठाउनु पर्ने आवश्यकतामा जोड दिँदै उनी भन्छन्, “दुवै देशका शीर्षस्थ नेताले तैनाथ सैनिकसम्म पुग्ने गरी दुई देशको सम्बन्धको महत्वबारे सन्देश दिन जरुरी छ।”

उनको बुझाईमा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीले त्यसतर्फ प्रयास गरिरहेका छन् तर प्रष्ट सन्देश दिएका छैनन्।

उनी भन्छन्, “यस्तो लागिरहेको छ कि, दुवै नेताले एउटा ठूलो राजनीतिक गल्ती गर्न गइरहेका छन् र त्यसबाट भयानक अवस्था सृजना हुनसक्छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com