दिल्ली यात्रा: अप्ठ्यारो र अवसर


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

यो क्षेत्रमा चुलिएको भूराजनीतिक टकराव र घरेलु राजनीतिको महत्वपूर्ण मोडमा प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणले गहिरो राजनीतिक अर्थ राख्ने एकथरीको मत छ।

तर अर्काथरी, नेपालमा छिटो छिटो सरकार बदलिरहने, र भारतीय औपचारिक निम्तो नपाएका केही अपवादलाई छाडेर, बर्सेनि जसो नेपाली प्रधानमन्त्री दिल्ली पुग्ने गरेकाले यसपटकको भ्रमण केवल ‘परम्पराकै निरन्तरता’मा सीमित हुनसक्ने ठान्छन्।

अवसर

प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता सम्हालेको करिब साढे दुई महिनापछि आफ्नो पहिलो औपचारिक विदेश यात्रामा मंगलबार भारत जाँदै छन्।

करिब २१ वर्षअघि प्रधानमन्त्रीका रुपमा पहिलोपटक दिल्लीको पाहुना बनेका देउवाले त्यसपछि दुईपटक त्यही हैसियतमा भारतीय आतिथ्य पाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर मंगलबार शुरु हुने उनको भ्रमण महाकाली सन्धि, डुबान समस्याको समाधान जस्ता विगतका तिनै दिल्ली भ्रमणमा उठेका विषयको कार्यान्वयनमा जोड दिनमै केन्द्रित हुनेजस्तो देखिन्छ।

नेपालसँग गाँसिएका योजनाहरु कार्यान्वयनमा यस्ता भारतीय ढिलासुस्तीले दिल्लीप्रति नेपालमा चरम अविश्वास बढाउन मद्दत गरेको पाइन्छ।

त्यो अविश्वास कम गर्ने तथा देउवालाई देश फर्कंदा देखाउन सकिने ठोस उपलब्धिका केही उपहार दिने अवसर पछिल्लो भ्रमणले दिल्लीलाई दिनेछ।

दबाब

यसपटक नेपाली घरेलु राजनीतिलाई लिएर दिल्ली-दबाब देउवामाथि कम पर्नेछ किनकि भारतीय रुचि देखिएको संविधान संशोधनको मुद्दाले, विफल भएपनि तत्कालका लागि विश्राम पाएजस्तो देखिन्छ।

अनि, नाकाबन्दीको आगोमा पोलिएको आफ्नो हातमा असन्तुष्ट तराई केन्द्रित दललाई चुनावमा भाग लिन प्रोत्साहित गरेर वा संशोधनमा आफ्नो अडान खुकुलो पारेर मल्हम लगाउने कोसिसमा दिल्ली रहेको प्रतीत हुन्छ।

तर संविधानलाई जानकारीमा मात्रै लिएको तर स्वागत नगरेको भारतीय पक्षबाट, त्यही संविधान कार्यान्वयनका लागि अत्यावश्यक, चुनावहरु तोकिएकै मितिमा गराउन शर्तरहित सदभाव हासिल गर्नु देउवालाई सहज भने हुनेछैन।

दोक्लामको अप्ठ्यारो

चिनियाँ नेता र देउवातस्वीर 
दोक्लाम तनावका माझ केही समय अगाडी चीनका उपप्रधानमन्त्रीले नेपाल भ्रमण गरेका थिए।

अर्को, भारत-चीनबीच देखिएको पछिल्लो सीमा विवादमा नेपालले भारतीय चासोलाई बुझिदियोस् भन्ने अनौपचारिक सन्देश दियो भनेपनि देउवा अप्ठ्यारोमा पर्नेछन्।

दोक्लाम विवाद नेपालसँग विल्कुल सम्बन्धित छैन तर भारतीय सञ्चारमाध्यम लगायतको पक्षले यो भ्रमणलाई दिल्लीप्रतिको नेपाली झुकावको रुपमा व्याख्या गर्ने कोसिस अवश्य गर्नेछ।

त्यस्ता कोसिसबाट देउवा कसरी जोगिन्छन् र आइपर्दा नेपालको तटस्थताको नीतिबारे भारतीय पक्षलाई कसरी आश्वस्त पार्न सक्छन् त्यसले नै उनको कूटनीतिक कुशलता दर्शाउनेछ।

सँगसँगै, भारतीय समर्थनको गठवन्धनबाट सिंहदरबारको भर्‍याङ् उक्लिएको कैयौँको आरोपबीच, देउवासामू दिल्लीको अनुकूल लाग्ने खालका दुईपक्षीय विषयमा नलतारिएर घरभित्रको आलोचना कम गर्ने अवसर रहेको ठान्नेहरु पनि कम छैनन्।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com