‘अफगानिस्तानको युद्धमा विजय असम्भव’


प्रकाशित मिति : भाद्र ७, २०७४ बुधबार

अमेरिकी विदेश मन्त्री रेक्स् टिलरसन्‌ले अमेरिकाले अफगानिस्तानको युद्ध जित्न सम्भव नहुने बताएका छन्।

वासिङ्टनमा संवाददाताहरुसँग बोल्दै टिलरसन्‌ले अफगानिस्तानमा जारी युद्ध तालिबानले पनि जित्न नसक्ने र कुनै बिन्दुमा युद्धरत पक्षबीच वार्ता हुनै पर्ने बताए।

तालिबानलाई वार्ताको टेबुलमा ल्याउन पाकिस्तानले महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाइ छ।

राष्ट्रपति ट्रम्पले दावी गरेजस्तै टिलरसन्‌ले पनि इस्लामावादले तालिबानलाई आश्रय दिएको आरोप लगाए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले देखेका छौं आतंककारी संगठनलाई पाकिस्तानभित्र सुरक्षित आश्रय दिइएको छ। ती संगठनले अमेरिकी सैनिक र अधिकारीमाथि आक्रमण गर्ने प्रयास गरेका छन्। पाकिस्तानले अब नयाँ ढंगले काम गर्नै पर्छ

रेक्स् टिलरसन्, अमेरिकी विदेश मन्त्री

‘शान्ति’

तर उनले सबै पक्ष मिलेर शान्ति कायम गर्न लागिपर्नु पर्ने बताए।

उनले भने, “हामीले देखेका छौं आतंककारी संगठनलाई पाकिस्तानभित्र सुरक्षित आश्रय दिइएको छ। ती संगठनले अमेरिकी सैनिक र अधिकारीमाथि आक्रमण गर्ने प्रयास गरेका छन्। पाकिस्तानले अब नयाँ ढंगले काम गर्नै पर्छ।”

तर पाकिस्तानले चाहिँ अमेरिकी आरोप अस्वीकार गर्दै भनेको छ आतंकवादका कारण कुनै पनि देश पाकिस्तान जति धेरै प्रताडित भएको छैन।

बीबीसी संवाददाता बार्बरा प्लेट अशर भन्छिन् पाकिस्तानले तालिबान र अन्य विद्रोही संगठनलाई आश्रय दिएको आरोप खेप्दै आएको छ।

उनी भन्छिन्, “त्यस्को एउटा कारण यो हो: पाकिस्तानले त्यस्ता संगठनको उपस्थितिका कारण आफ्नो प्रतिद्वन्द्वी भारत र अन्य देश हच्कन्छन् भन्ने ठान्दछ। तर ट्रम्प प्रशासनको जोडबलले पाकिस्तानको रणनैतिक आकलनलाई सजिलै बदल्न सक्दैन।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com