‘ज्यानमारा रोबोट’को विकास रोक्न आग्रह


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

सय जनाभन्दा बढी रोबोट विज्ञहरुले ‘किलर रोबोट्स’ अर्थात् ज्यानमारा रोबोटहरुको विकास हुनबाट रोक्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन्।

राष्ट्रसंघलाई एउटा पत्र लेख्दै अर्बपति एलोन मस्कसहित आर्टिफिसियल इन्टेलिजेन्सका सदस्यहरुले ‘युद्धकलासम्बन्धी तेस्रो क्रान्ति’को चेतावनी समेत दिएका छन्।

११६ जना विज्ञहरुले अस्त्रको रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्।

पत्रमा भनिएको छ, “त्यसको विकास भयो भने ठूलो स्तरमा सशस्त्र युद्ध हुन सक्छ जुन अहिलेसम्म भएको छैन र त्यो मान्छेको सोचभन्दा पनि तीव्र हुनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खतरा

पत्रमा त्यो आतंकवादीहरुको अस्त्र हुन सक्ने र उनीहरुले निर्दोष मानिसहरुविरुद्ध त्यसको प्रयोग गर्न सक्ने खतरा औंल्याइएको छ।

ती अस्त्रलाई ‘ह्याक’ गरी अवाञ्छित अवस्था सिर्जना गर्न सकिने खतराबारे पनि पत्रमा सचेत गराइएको छ।

विज्ञहरुले त्यसविरुद्ध तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

रोबोट

उनीहरुले भनेका छन्, “समस्याहरुको पोको एकचोटि खुलेपछि त्यो बन्द हुन गाह्रो हुनेछ।”

राष्ट्रसंघले त्यसलाई प्रतिबन्धित अस्त्रहरुको सूचीमा समावेश गर्नुपर्ने विज्ञहरुले बताएका छन्।

चेतावनी

यस्तो माग गर्नेहरुमा टेस्लाका सह-संस्थापक एवं प्रमुख कार्यकारी मस्क र गुगलका सह-संस्थापक मुस्तफा सुलेमान लगायत छन्।

यसअघि स्वचालित अस्त्रबारे छलफल गर्न सोमवारका राष्ट्रसंघको बैठक डाकिएको थियो र अहिले चाहिँ उक्त बैठक नोभेम्बर महिनाका लागि सारिएको छ।

ज्यानमारा

राष्ट्रसंघका अरु समितिहरुमा पनि यसअघि हत्यारा रोबोटहरुबारे छलफल भएको बताइन्छ।

सन् २०१५ मा एक हजार प्रविधि विज्ञ, वैज्ञानिक तथा सोधकर्ताहरुले पत्र लेखेर त्यस्ता अस्त्रबारे चेतावनी दिएका थिए।

के हो ज्यानमारा रोबोट?

यो यस्तो रोबोट हो जसले मान्छेको सहयोग विना नै आफ्नो लक्ष्यलाई निशाना बनाई सिध्याउन सक्छ।

अहिलेसम्म त्यसको विकास त भइसकेको छैन तर प्रविधि जगत्‍मा त्यसले मूर्त रुप लिने समय टाढा नभएको विश्वास गरिएको छ।

यसको वकालत गर्नेहरुले अस्त्रसम्बन्धी विद्यमान कानूनहरुले नै त्यसबाट उत्पन्न हुने समस्यालाई सम्बोधन गर्न सक्ने बताउने गरेका छन्।

तर विरोधीहरुको तर्क छ, ती मानवताका लागि खतरा हुन् र त्यसमाथि प्रतिबन्ध लगाइनुपर्दछ।

Source : BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com