हावाबाट १० किलोवाट बिजुली


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

– नवीन पौडेल, नवलपरासी

भाद्र ६, २०७४- हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् ।

हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ । अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती जाँदैन । टुकीको भरमा रहेको दुर्गम बस्ती हावाबाट बिजुली निकालेपछि झिलिमिली बनेको हो । केही वर्ष पहिलेसम्म दिनभर हावा चल्दा दिक्दार मान्ने हुरहुरेका स्थानीयलाई हाल त्यही वरदान सावित भएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपलिकाको नीति तथा कार्यक्रममा ‘उज्यालो हुप्सेकोट’ कार्यक्रममार्फत थप बिजुली निकालेर स्थानीयलाई वितरण गर्ने जनाइन् । यहाँका ५८ घरपरिवारले बिजुली प्रयोग गर्दै आएकामा अन्यलाई समेत सुविधा दिने उनले बताइन् । हुरहुरे डाँडामा जडिएका पंखाबाट १० किलोवाट बिजुली निस्केसँगै सौर्य ऊर्जाबाट उत्पादन भएको दुई किलोवाट बिजुली पनि जोडिएको छ । त्यसलाई हरेक घरमा बाँडिएको छ । अहिले चारवटा बत्ती बाल्दा एउटा घरमा २० वाट बिजुली मात्रै खपत भएको छ । यसका लागि वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा केन्द्र स्थापना गरीदिएको हो ।
हावाबाट बिजुली निस्कने कुरालाई सुरुमा स्थानीयले विश्वास गरेका थिएनन् । ‘हावाबाट बिजुली निकाल्ने सुन्दा सुरुमा हाँसो बन्यो,’ स्थानीय गमबहादुर रानाले भने, ‘यही हावाले लोडसेडिङ नै नहुने राष्ट्रिय प्रसारण लाइनको भन्दा पनि भरपर्दो बिजुली दिएको छ ।’ गाउँलेले न्यूनतम शुल्क तिरेर मर्मत सम्भार र दिगो सञ्चालनका लागि कोषसमेत खडा गरेका छन् । हावा नचलेका बेला घामबाट र घाम नलागेका बेलामा हावाबाट बिजुली निस्कने हुँदा सहज भएको स्थानीय बताउँछन् ।

Source : Ekantipur

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com