पञ्चेश्वर परियोजनाबारे द्वीपक्षीय छलफल


प्रकाशित मिति : भाद्र ६, २०७४ मंगलबार

प्रधानमन्त्रीले महाकाली कमिशन (आयोग) बनाउनलाई जोड दिनुपर्यो। पञ्चेश्वर नबनेपनि महाकाली परियोजनाअन्तर्गत जे जति पानी नेपालले पाउनुपर्ने हो, त्यसलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो

सूर्यनाथ उपाध्याय, जलस्रोत विज्ञ

पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका निम्ति पानीको बाँडफाँड तथा अन्य नमिलेका विवाद सल्टाउन काठमाण्डूमा शुरु भएको दुई देशका जलस्रोत विज्ञहरुको छलफलको पहिलो चरण मंगलवार सकिंदैछ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको पूर्वसन्ध्यामा जारी उक्त छलफललाई निकै महत्त्वका साथ हेरिएको छ।

२० वर्षअघि देउवा प्रधानमन्त्री भएकै बेला पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणबारे सम्झौता भएको थियो र यसपालिको उनको भ्रमणमा पनि उक्त एजेण्डा समावेश गरिएको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साढे ६ हजार मेगावाटसम्म बिजुली उत्पादन हुन सक्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको बिजुली दुवै देशले आधा-आधा बाँड्ने सहमति भएपनि पानी बाँडफाँडमा भारतले धेरै भाग खोजेकोले कुरा अझै नमिलेको बताइन्छ।

विवाद

विवाद लम्बिंदै जाँदा सम्झौता भएको २० वर्ष नाघिसक्दा पनि सो परियोजनाको अहिलेसम्म ‘डीपीआर’ अर्थात् विस्तृत परियोजना प्रतिवेदन समेत तयार हुन नसकेको बताइन्छ।

‘टिम् अफ् एक्स्पर्ट्स्’ अर्थात् विज्ञहरुको टोली नाम दिइएको दुई देशका सचिवस्तरीय उक्त समूहले प्राविधिक विषय मिलाउन ५ वटा टोली र सैद्धान्तिक विषयमा सहमति जुटाउन छुट्टै टोली बनाएर वार्ता थालिएको बताएका छन्।

यद्यपि चारवटा बैठक बसेपछि मात्र निष्कर्ष निकाल्ने सहमति भएकोले यो बैठकबाटै प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारबाट हुने भारत भ्रमणका लागि भने ठोस सुझाव दिन नसकिने बैठकका सहभागीहरुले बताएका छन्।

नेपालका तर्फबाट सहभागी जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेलवासेले भने, “यो प्राविधिक कमिटीले यथाशीध्र आफ्नो जिम्मेवारी पूरा गरेर पञ्चेश्वरलाई अगाडि बढाउन निर्देशन गर्न सक्ने अवस्था हामी देख्छौं।”

“तर प्राविधिक विषयहरुको समाधान नभएसम्म राजनीतिक तहमा विशेष निर्णय आउला भन्न चाहिँ सकिंदैन।”

सुझाव

कतिपय जलस्रोत विज्ञहरुले भने पञ्चेश्वर निर्माणमा थप समय लाग्न सक्ने सम्भावना रहेको भन्दै विगतमा भएका र नेपाललाई तत्काल लाभ मिल्न सक्ने सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीले कुरा राख्नुपर्ने सुझाव दिएका छन्।

जलस्रोत विज्ञ सूर्यनाथ उपाध्याय भन्छन्, “पहिलो कुरा प्रधानमन्त्रीले महाकाली कमिशन (आयोग) बनाउनलाई जोड दिनुपर्यो। अर्को कुरा पञ्चेश्वर नबनेपनि महाकाली परियोजनाअन्तर्गत जे जति पानी नेपालले पाउनुपर्ने हो, त्यसलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com