‘चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक’


प्रकाशित मिति : भाद्र २२, २०७३ बुधबार

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने वताएका छन् । नेकपा एमाले पर्यटन विशेष इलाका कमिटीले चन्द्रागिरिमा आयोजना गरेको चन्द्रागिरि हिल्स पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै ओलीले चन्द्रागिरि ऐतिहासिक भूमि भएकाले यहाँ नेपाललाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको शालिक निर्माण गर्नुपर्ने बताए । अध्यक्ष ओलीले भने, “चन्द्रागिरिको यो डाँडो धार्मिक तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । पृथ्वीनारायण शाहले यही डाँडाबाट हेरेर जुँगा मुसार्दै काठमाडाँै आक्रमण गर्ने योजना बनाएर सफलता हासिल गरे । त्यसैले यहाँ शालिक निर्माण गर्नु उचित हुन्छ ।”

पार्टीका नेताहरुसहित बिहान त्यहाँ पुगेका ओलीले भने, ‘चन्द्रागिरी, ऐतिहासिक, धार्मिक र प्राकृतिक हिसाबले महत्वपूर्ण छ । यहाँ तिर्थाटन, पर्यटन सबै छ । हामी यसको द्रुत गतिमा विकास गर्न सक्छौं । ’‘हाम्रोमा संसारकै सर्वोच्च शिखर छ, फोटोमा हेरेर मात्र मानिसलाई चित्त बुझ्ने होइन, तर हामीले प्रचार गर्न नसक्दा पर्यटक भित्र्याउन सकिएन’ ओलीले भने । पर्यटन उद्योगको विकास हुन कनेक्टिभिटी, बिद्युत र संचारको आवश्यक्ता पर्ने, रोपवे, गाडी, रेल हवाईजहाज चाहिने उल्लेख गर्दै ओलीले भने, ‘तर, ती सबै नभई अहिलेका प्रधानमन्त्रीले ३ अर्ब पर्यटक भित्र्याउने भन्नु भयो । म तिरिमिरीझ्याईँ भए ।’

कार्यक्रममा राजनीतिक बिषयमा केही नबोलेका ओलीले भने, ‘अहिलेको सरकारले चन्द्रागिरीलगायत पर्यटकीय स्थलको विकासमा ध्यान दिएन भने नआत्तिनुस्, विकास गर्ने सरकार पनि आउँछ । नेकपा एमाले पर्यटनको विकासमा सहयोगी छ, रहनेछ ।’ उनले चन्द्रागिरि हिल्स प्रालिका प्रमुख चन्द्रप्रसाद ढकाललाई पर्यटन विकासमा योगदान पु¥याएको कदरस्वरुप सम्मान गरेका थिए ।

अध्यक्ष ओली, ओली पत्नी राधिका शाक्य, एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल, सल्लाहकार कमिटी अध्यक्ष केशव बडाल, स्थायी कमिटी सदस्य किरण गुरुङ, मुकुन्द न्यौपाने, पूर्वमन्त्री महेश बस्नेतलगायतका एमालेका स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटी इन्चार्ज, एमाले कार्यकर्ता, पर्यटन व्यवसायी र पत्रकारले चन्द्रागिरिको भ्रमण गरेका थिए । केबुलकारमा चन्द्रगिरि डाँडामा पुगेको टोलीले हिल्सले निर्माण गरेका विभिन्न संरचनाका साथै भालेश्वर मन्दिर क्षेत्रको अवलोकन गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com