अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नी रोजालिनको ९६ वर्षको उमेरमा निधन


प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार

President Jimmy Carter accepts the LBJ Liberty & Justice For All Award at The Carter Center in Atlanta, GA. Photo by Michael A. Schwarz/LBJ Library – January 13, 2016.

अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरकी पत्नी रोजालिन कार्टरको ९६ वर्षको उमेरमा निधन भएको छ । कार्टर सेन्टरले एक विज्ञप्तिमा उनको परिवारका माझ शान्तिपूर्वक मृत्यु भएको पुष्टि गरेको छ।

शुक्रबारमा उनलाई जर्जियामा हस्पिस केयरमा राखिएको बताइएको थियो । उनले फेब्रुअरीदेखि हस्पिस केयरमा रहेका आफ्ना ९९ वर्षीय श्रीमानसँग समय बिताइरहेकी थिइन्। रोजालिन कार्टरलाई मे महिनामा डिमेन्सिया भएको पत्ता लागेको थियो।

अमेरिकाका पूर्व राष्ट्रपतिको सबैभन्दा लामो विवाहित जोडीले जुलाईमा आफ्नो ७७ औं वैवाहिक बर्षगाँठ मनाएका थिए । आफूले जीवनमा हासिल गरेको सबै कुरामा रोजालिन समान साझेदार रहेको जिम्मी कार्टरले वक्तव्यमा बताएका थिए ।

रोजालिनले आफूलाई आवश्यक पर्दा बुद्धिमानी मार्गदर्शन र प्रोत्साहन दिएको तथा रोजलिन संसारमा रहँदासम्म सधै आफूलाई माया र समर्थन गर्ने कोही रहेको अनुभव हुने गरेको जिम्मी कार्टरले बताए । रोजालिन कार्टरको जन्म १८ अगस्ट १९२७ मा भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१६ मा जिम्मी कार्टरका साथमा रोजालिन

७ जुलाई १९४६ मा जिमी कार्टर र रोजालिन कार्टरबीच विवाह भएको थियो । उनीहरूका चार सन्तान थिए। छोरा चिपले आफ्नी आमा रोजालिन मायालु आमा, असाधारण प्रथम महिला र एक महान मानवतावादी भएको बताए । उनलाई परिवारले मात्र नभई राम्रो मानसिक स्वास्थ्य हेरचाह गर्ने र हेरचाहको लागि स्रोतहरूमा पहुँच भएका धेरै मानिसहरूले याद गर्ने छोराले बताए ।

जब उनका पतिले जिम्मी कार्टरले सन् १९६० को दशकमा आफ्नो राजनीतिक करियर सुरु गरे रोजालिन कार्टरले मानसिक स्वास्थ्य जागरूकता बढाउन र मानसिक रोगहरुसंग जोडिएको कलंक कम गर्नमा अभियान केन्द्रित गरेकी थिइन् ।

प्रथम महिलाको रूपमा उनी मानसिक रूपमा बिरामीहरूको लागि सेवाहरू सुधार गर्न गभर्नरको आयोगको सदस्य थिइन् । अमेरिकी प्रथम महिलाको रूपमा उनी मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रपतिको आयोगको मानार्थ अध्यक्ष बनिन् ।

सन् १९७७ मा रोजालिन कार्टर

ह्वाइरट हाउस छोडेपछि उनले र उनका पतिले १९८२ मा कार्टर सेन्टर स्थापना गरे, जसको माध्यमबाट उनीहरुले मानसिक स्वास्थ्य, बाल्यकालमा दिइने खोप र अन्य मानवीय कुराहरुको लागि आफ्नो वकालत जारी राखेका थिए । यो जोडी खाँचोमा परेका परिवारहरूको लागि घरहरू निर्माण गर्न मद्दत गर्ने हयाबिट्याट फर ह्युमानिटीका प्रमुख व्यक्तित्वहरू पनि थिए । मानवीय कार्यका लागि जिम्मी कार्टरलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com