‘उत्तर कोरिया लक्षित सैन्य अभ्यास’


प्रकाशित मिति : भाद्र ५, २०७४ सोमबार

उत्तर कोरियाबाट हुनसक्ने हमलाको तयारी स्वरुप संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सोमबारबाट संयुक्त सैन्य अभ्यास गर्दैछन्।

यस्तो प्रकृतिको सैन्य अभ्यास वर्षमा दुई पटक हुने गर्छ तर प्योङ्याङ र वासिङटनबीच तनाव चुलिएको समयमा यस पटक तालिम हुन लागेको छ।

एउटा उत्तर कोरियाली अखबारले अमेरिकाले युद्धको खेल खेलेर ‘आगोमाथी प्रजवलनशील पदार्थ खनाइरहेको चेतावनी दिएको छ।

यसपटकको सैन्य अभ्यास दश दिन भन्दा बढी समयसम्म चल्नेछ र कमाण्ड तहका संरचनाहरुलाई कम्प्युटर प्रविधिको प्रयोग गरी परीक्षण गर्नेमा केन्द्रीत रहनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अभ्यास

केही स्थल अभ्यास पनि हुने अपेक्षा गरिएको छ जसमा गैरसैनिकको उद्दार लगायतका पक्ष समेटिने छन्।

दक्षिण कोरिया

अघिल्लो पटकको तुलनामा कम अमेरिकी सैनिकहरु यसपटकको अभ्यासमा सहभागी छन्।

तर अमेरिकी रक्षा मन्त्रीले उत्तर कोरियासँगको तनावका कारणले नभइ अभ्यासको आवश्यकताका आधारमा संख्या निर्धारण गरिएको बताएका छन्।

यस्ता सैन्य अभ्यासले सधैँ प्योङयाङलाई क्रुद्ध बनाउने गरेको छ।

आक्रोश

दक्षिण कोरिया
गएको एप्रिलमा भएको संयुक्त अभ्यासमा रकेट प्रहार गरिएका थिए।

अघिल्लो वर्ष अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास लगत्तै उत्तरले परमाणु परीक्षण गरेको थियो।

आइतबार एउटा उत्तर कोरियाली समाचारपत्रले अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासले ‘आगोमा ध्यु थप्ने’ टिप्पणी गरेको छ।

वासिङटन र प्योङयाङले हालैका दिनमा एक अर्का विरुद्ध कडा वक्तव्यवाजी गरिरहेका छन्।

केहि दिन पहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई हानी पुर्याउन खोजे उत्तर कोरियाले भीषण हमला व्यहोर्नुपर्ने चेतावनी दिएका थिए।

त्यस लगत्तै उत्तर कोरियाले प्रशान्त महासागरमा अवस्थित अमेरिकी भुभाग गुआममा क्षेप्यास्त्र आक्रमण गर्नेबारे विचार गरिरहेको प्रतिक्रिया दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com