अमेरिकामा वर्क परमिटको म्याद अब ५ बर्ष


प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार

अमेरिकामा एसाइली लगायतका केही श्रेणीका वर्क परमिटको म्याद अब ५ बर्ष कायम गरिने भएको छ । युएससीआईएसले शरणार्थीको रूपमा भर्ना भएका, शरणार्थीहरूका रूपमा परोल गरिएका, एसाइलम स्वीकृत भएका र देशनिकालाबाट राहत प्राप्तकर्ताहरुहरू सहितका निश्चित गैर नागरिकहरू जसको वर्क परमिट पहिले नै रहेको अध्यागमन स्टाटसका कारण स्वीकृत गरिएको छ, उनीहरुका लागि प्रारम्भिक र नवीकरण वर्क परिमट अधिकतम ५ बर्ष बनाउने नीति अपडेट गरेको हो ।

साथै युएससीआईएसले एसाइलम आवेदकहरु, देशनिकालाबाट राहतका लागि आवेदन दिएकाहरु, आई एन ए २४५ अन्तरगत ग्रिनकार्ड आवेदन दिएकाहरु, देशनिकाला खारेज गरिएकाहरु लगायतका लागि वा प्रारम्भिक र नविकरण गर्दाको वर्क परमिटको म्याद ५ बर्षसम्मको प्रदान गरिने भएको छ । अद्यावधिक गरिएको मार्गदर्शनमा अटोमेटिक रुपमा काम गर्ने अधिकार पाएका गैर नागरिकहरूको श्रेणीका बारेमा पनि व्याख्या गरिएको छ ।

साथै रोजगारी योग्यता प्रमाणिकरणको लागि कसले आई ९४ रेकर्ड देखाउन सक्छ भन्नेबारे पनि थप जानकारी प्रदान गरिएको छ । कामको उद्देश्यका लागि फारम आई ९४ परिचयपत्र खुल्ने कागजातको साथ हुनुपर्छ। वर्क परमिटको म्याद ५ बर्ष बनाएर वर्क परमिटका लागि प्राप्त आवेदनको संख्यालाई उल्लेखनीय रूपमा घटाउने उद्देश्य रहेको युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि गैर नागरिकहरूको वर्क परमिट कायम रहन्छ वा रहन्न भन्ने कुरा भने तिनीहरूको अन्तर्निहित स्थिति, परिस्थितिहरू र वर्क परमिट फाइलिङ कोटीमा निर्भर रहने प्रष्ट पारिएको छ । उदाहरणका लागि कसैको ग्रिनकार्ड आवेदन विचाराधिन रहेको बेलामा आवेदकले ५ बर्षको वर्क परमिट प्राप्त गरेको खण्डमा र ग्रिनकार्ड आवेदन पाँच बर्षभन्दा अगाडि नै अस्वीकृत भएमा वर्क परमिट पनि त्यसमा लेखिएको म्याद अगाडि नै स्वत खारेज हुनेछ ।

यी श्रेणीहरुमा वर्क परमिट पहिले नै रहेको अध्यागमन स्टाटसका कारण स्वीकृत गरिन्छ : 

 

यी श्रेणीहरुमा वर्क परमिट आफैले आवेदन दिनुपर्छ र निम्न म्यादको प्राप्त गर्न सकिनेछ : 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com