अमेरिकाका १०० उत्कृष्ट कलेजमा न्युयोर्कका ११, कुन कुन परे टपटेनमा?


प्रकाशित मिति : आश्विन १, २०८० सोमबार

युएस न्यूज एण्ड वर्ल्ड रिपोर्टले सोमबार न्युयोर्कका एघार कलेजहरूलाई देशका शीर्ष १०० मा पारेको छ । १५ सय कलेज र विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरको १९ मापदण्डहरु प्रयोग गरी मूल्याङ्कन गरिएको डिजिटल मिडिया कम्पनीले एक समाचार विज्ञप्तिमा बताएको छ । यस वर्ष कम्पनीले सामाजिक गतिशीलता र स्नातकहरूका लागि नतिजाहरूमा बढी जोड दिँदै कलेजहरूको श्रेणी निर्धारण गर्ने तरिकामा उल्लेखनीय परिवर्तन गरेको बताएको छ।

देशभरको सुचीमा पहिलो नम्बरमा न्युजर्सीको प्रिन्सटन युनिभर्सिटी रहेको छ भने दोश्रो नम्बरमा मासाचुसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजी एमआईटी रहेको छ । सुचीमा तेश्रो नम्बरमा भने बराबर अंकका साथ हार्भर्ड युनिभर्सिटी र स्टानफोर्ड युनिभर्सिटी परेका छन् । पाँचौं नम्बरमा यल युनिभर्सिटी परेको छ भने छैठौंमा युनिभर्सिटी अफ पेन्सिलभेनिया परेको छ । सातौं नम्बरमा परेको छ क्यालिफोर्निया इन्स्टीच्युट अफ टेक्नोलोजी । त्यस्तै आठौं नम्बरमा ड्युक युनिभर्सिटी र नवौं नम्बरमा ब्राउन युनिभर्सिटी परेको छ । त्यस्तै जोन हप्किन्स युनिभर्सिटी र नर्थवेष्टर्न युनिभर्सिटीले नवौं स्थान सुरक्षित गर्न सफल भएका छन् ।

man in white dress shirt sitting on green grass field in front of white concrete building
Photo by Chenyu Guan

न्युयोर्कका कुनै पनि युनिभर्सिटी टप टेनमा भने परेनन् । यद्यपी टप १०० मा पर्ने न्युयोर्कका युनिभर्सिटीहरुमा पहिलो नम्बरमा भने कोलम्बिया युनिभर्सिटी र कोर्नेल युनिभर्सिटी परेका छन् । त्यस्तै न्युयोर्क युनिभर्सिटी न्युयोर्कका युनिभर्सिटीहरुमा तेश्रोमा परेको छ भने युनिभर्सिटी अफ रोचेष्टर चौथोमा परेको छ । न्युयोर्कका युनिभर्सिटीहरुमा पाँचौंमा स्टोनी ब्रुक युनिभर्सिटी, छैठौमा रेन्ससेलर पोलिटेक्निक इन्स्टीच्युट, सातौंमा सिराकस युनिभर्सिटी, आठौंमा बिंघमटन युनिभर्सिटी, नवौंमा युनिभर्सिटी अफ बफेलो, दशौंमा फोर्डम युनिभर्सिटी र एघारौंमा रोचेस्टर इन्स्टीच्युट अफ टेक्नोलोजी परेका छन् ।

युएस न्यूजका कार्यकारी अध्यक्ष र सीईओ एरिक गर्टलरले यस वर्षको कार्यप्रणालीमा भएका महत्त्वपूर्ण परिवर्तनहरूबाट विद्यार्थीहरूले कलेजहरू तुलना गर्ने र उनीहरूका लागि उपयुक्त हुने विद्यालय चयन गर्ने कुरा सुनिश्चित गर्न सहज हुने विश्वास लिएका छन् । राष्ट्रका शीर्ष समग्र कलेजहरूको हकमा २०२२ देखि २०२३ सम्मको सुचीमा खासै परिवर्तन भएको छैन । पहिलेजस्तै प्रिन्सटन युनिभर्सिटी र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले पहिलो र दोश्रो तथा हार्वर्ड युनिभर्सिटी र स्ट्यानफोर्ड युनिभर्सिटीले तेश्रोमा बराबरी गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१०० युनिभर्सिटीको सम्पूर्ण सुची हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com