मोटरसाइकलले ठक्कर दिएको बदला लिन खोज्दा गैह्रीगाउँ हत्याकाण्ड, आरोपी पक्राउ


प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार

शुक्रबार राति काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या प्रकरणमा संलग्न आरोपी सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारीलाई प्रहरीले आज पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी निज अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको हो । उक्त घटनापछि खुकुरीसहित भागेका निज आरोपीलाई प्रहरीले सिसी टिभी फुटेजको सहयोगमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोल्न नसक्ने निज भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर रिसिइबी बढेको र त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।”

काठमाडौको तिनकुने स्थित गैरिगाउमा शुक्रबार चारजानाको हत्या गर्ने सिन्धुपाल्चोकका अन्दाजी २३/२४ बर्सिय सन्जय भण्डारी लाई आज आइतबार पक्राउ गरि सार्वजनिक गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर । तस्बिर : विमलबहादुर बिष्ट / रासस

चार जनाको हत्या गरेपछि आरोपी भण्डारी भाग्दै पेप्सीकोला पुगेका थिए र त्यहाँ उनको साथीको घर भएको तथा राति मूलगेट लगाएको बेला उनी रूखमा चढेर घरको कम्पाउन्डभित्र पुगेका थिए । तर त्यहाँ उनले साथी नभेटेपछि पुनः अर्को घरमा पुगेको पाइएको प्रहरी वरिष्ठ उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।


काठमाडौँको तिनकुनेस्थित गैरिगाउँमा शुक्रबार चारजानाको हत्या गर्ने अभियुक्त सिन्धुपाल्चोकका सञ्जय भण्डारीले हत्यामा प्रयोग गरेको खुकुरीलगायतका सामग्रीहरु । उनलाई प्रहरीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । तस्बिर : विमलबहादुर विष्ट /रासस

नवीनसँग मात्रै दुश्मनी भए पनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । जन्मजात बोल्न नसक्ने हत्या आरोपी भण्डारीको प्रहरीले दोभाषेको सहयोगमा बयान लिइएको जनाइएको छ । शुक्रबार मध्यराति गैह्रिगाउँस्थित दिव्य सःमिलमा मोरङ घर भएका १९ वर्षीय नवीन राईसहित सुरक्षा गार्डको जिम्मेवारीमा रहेका कुमार भुजेलसहित उहाँकी पत्नी अम्बिका भुजेल र उहाँकी आमा ७० वर्षीय सुमित्रा भुजेलको हत्या भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com