२१ बर्ष उमेरका कारण ग्रिनकार्डका लागि अयोग्य हुनसक्ने आवेदकलाई युएससीआईएसबाट थप समय प्रदान


प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार

युएससीआईएसले बिहीबार जारी गरेको नयाँ र विस्तारित नीति निर्देशन अन्तर्गत अघिल्लो चाइल्ड स्टेटस प्रोटेक्शन ऐनको दिशानिर्देशहरू अन्तर्गत २१ बर्ष उमेर काटिसकेका व्यक्तिहरूलाई ढिलो ग्रीन कार्ड आवेदनहरू पेश गर्न अनुमति दिने भएको छ । युएससीआईएसले अतिरिक्त चाइल्ड स्टेटस प्रोटेक्शन ऐन निर्देशिका जारी गर्दै भिसा बुलेटिन अन्तर्गत आवेदकको फाइल गर्ने मिति करेन्ट भएको प्राथमिकता मिति एक वर्ष भन्दा बढी भइसकेको अवस्थामा समेत एजेन्सीलाई ग्रिनकार्ड आवेदन स्वीकार गर्न र विदेशी नागरिकलाई चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तरगतको सुरक्षा प्रदान गर्न आफ्नो विवेक प्रयोग गर्न अनुमति दिएको छ ।

परिवारमा आधारित र रोजगारीमा आधारित अध्यागमन नियमहरू अन्तर्गत आफ्नो अभिभावकको डेरिभेटिभका रूपमा एक बच्चाले ग्रिनकार्ड प्राप्त गर्नको लागि बच्चा २१ वर्ष भन्दा कम उमेरको हुनुपर्छ। बच्चा २१ वर्ष पुगेपछि तिनीहरूको एज आउट भएको मानिन्त भने सामान्यतया उनीहरु अभिभावकसँग स्वत ग्रिनकार्ड प्राप्त गर्न योग्य हुदैनन् ।

लामो सरकारी प्रक्रियाको कारणले आप्रवासी भिसा र ग्रीन कार्डका लागि आवेदकहरूको एज आउटको खतरा कम गर्न सन् २००१ मा चाइल्ड स्टेटस प्रोटेक्शन ऐन लागू गरिएको थियो। पारिवारिक र रोजगारीमा आधारित श्रेणीमा ग्रिनकार्ड आवेदकहरूका लागि कानूनले आवेदकको आप्रवासी भिसा आवेदन पेन्डिङ भएको समयको लम्बाइ र भिसा बुलेलिन अनुशार भिसा करेन्ट भएको मितिको आधारमा आवेदकको उमेर फ्रिज गर्नको लागी एक जटिल सूत्र प्रयोग गर्दछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप रूपमा चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तरगत एज आउट हुनेहरुको सन्दर्भमा भिसा बुलेटिन अनुशार आप्रवासी भिसा उपलब्ध भएको वा भिसा करेन्ट भएको एकबर्षभित्र ग्रिनकार्ड आवेदन फाइल गर्न आवश्यक छ। तर नयाँ निर्देशिका अनुशार एकबर्ष नाघिसकेको भएतापनि युएसससीआईएसलाई ग्रिनकार्ड आवेदन स्वीकार गर्न र एज आउट हुनेहरुलाई सुरक्षा प्रदान गर्न आफ्नो विवेक प्रयोग गर्न अनुमति दिएको हो ।

फेब्रुअरी सम्म युएससीआईएसले भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेटका आधारमा मात्र एज आउट हुनेहरुको चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तरगत उमेर गणना गर्दै आएको थियो । जसको अर्थ विदेशी नागरिकहरू जसका ग्रिनकार्ड आवेदनहरू फाइलिङ चार्टको मितिहरू अन्तर्गत पेश गरिएका थिए उनीहरूले चाइल्ड स्टेटस प्रोटेक्शन ऐन अन्तर्गत एज आउटको सुरक्षाबाट लाभ उठाउन सक्ने नसक्ने मूल्याङ्कन गर्न असमर्थ थिए। तर फेब्रुअरीमा जारी नयाँ निर्देशिकाले पहिलेको नीतिलाई खारेज गरेर उमेर गणनाको उद्देश्यका लागि भिसा बुलेटिनमा रहेको फाइलिङ मितिलाई नै गणना गरेर एज आउट हुन लागेकाहरुलाई सुविधा प्रदान गर्ने व्यवस्था गरेको थियो ।

फाइनल एक्सन डेटमा आधारित भिसा उपलब्धता मितिलाई भिसा बुलेटिनको फाइलिङ डेट अनुशार मापन गरेर युएससीआईएसले धेरै केसहरूमा आप्रवासी भिसा उपलब्ध हुने मितिलाई प्रभावकारी रूपमा माथि सारेको छ । फलस्वरूप एज आउट भएका कारण ग्रिनकार्ड नपाउने समस्या भोगिरहेका धेरैलाई राहत मिलेको छ भने एज आउट हुनेहरुको संख्यामा उल्लेख्य रुपमा कमी आएको छ । त्यसले २१ बर्ष उमेर पुग्न लागेकाहरुको उमेर अझ उमेरमा नै फ्रिज गर्ने सुविधा दिएको थियो । यद्यपि एज आउट सुरक्षाहरूका लागि आवेदकले असाधारण अवस्थामा बाहेक भिसा उपलब्ध भउको एक वर्ष भित्र ग्रिनकार्ड आवेदन पेश गरेको हुनुपर्ने प्रावधानले भने अप्ठ्यारो पारेको थियो । अब भने यो प्रावधान पनि खुकुलो भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com