थप ५ हजार गैर आप्रवासी भिसाका अप्वाइन्टमेन्ट उपलब्ध गराउँदै अमेरिकी दूतावास काठमाडौं


प्रकाशित मिति : भाद्र ८, २०८० शुक्रबार

अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा लगायत गैर आप्रवासी भिसाका थप ५ हजार अप्वाइन्टमेन्ट खोल्ने भएको छ । जसबाट गैर आप्रवासी भिसामा अमेरिका आउन चाहनेहरुले थप अप्वाइन्टमेन्टहरु लिनसक्ने अपेक्षा गरिएको छ ।

दूतावासले भनेको छ – ‘अप्वाइन्टमेन्टबारे खुसीको खबर । थप अप्वाइन्टमेन्टहरू उपलब्ध हुँदैछन् । हामी आगामी दिनहरुमा ५ हजार गैर आप्रवासी भिसा अप्वाइन्टमेन्टहरू खोल्दैछौं ।’

अमेरिकी दूतावास काठमाडौंले बेला बेलामा गैर आप्रवासी भिसाका थप अप्वाइन्टमेन्टहरु खुलाउदै आएको छ । नियमित भिसा अप्वाइन्टमेन्ट पाउन २ बर्षसम्म लाग्ने गरेको अवस्थामा दूतावासले नयाँ अप्वाइन्टमेन्टहरु खुलाउदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गरेको हो । सुरुमा अप्वाइन्ट लिन चाहनेहरु र पछिको अप्वाइन्टमेन्ट अगाडि सार्न चाहनेहरुलाई पनि यो अवशर प्रदान गरिएको छ ।

बेलाबेलामा सुपर सन्डे कार्यक्रम अन्तरगत बेलाबेलामा विदाका दिन आइतबार समेत अमेरिकी दूतावास काठमाडौंले भिसाका लागि अन्तरवार्ता लिदै आएको छ । यसैबीच दशैं र तिहारपछिका बिहिबार र शुक्रबार पनि भिसा अन्तरवार्ताका लागि दूतावास खुला रहने भएको छ । उक्त दिनका लागि भिसा अप्वाइन्टहरु उपलब्ध हुनेछन् ।

दूतावासले भनेको छ – ‘तपाईलाई अझ राम्रो सेवा दिनको लागि हामी दशैं र तिहारको हप्ताहरूमा खुला रहनेछौं । अक्टोबर २६ र २७ तथा नोभेम्बर १६ र १७ मा अप्वाइन्टमेन्टहरु उपलब्ध हुनेछन्।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com