दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

सोल, १ भदौ । दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्राय दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रुपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । उहाँले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताउनुभएको हो ।

यसअघि गत महिनामात्र रेड क्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो । त्यस समय पनि उहाँले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको थियो ।

तर सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन । त्यसको महिनादिन पछि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गनुर्भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गर्नुभएको सम्बोधनमा उहाँले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हलगर्न सकिने प्रस्ताव गर्नुभएको बुझिएको छ ।

सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समय समयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेड क्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो ।

त्यस्तै गत महिनामात्र पनि दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा रहेको पानुमजोम नामक एक गाँउमा वार्तागर्न प्रस्ताव राखेको थियो । त्यस स्थानमा यसअघि पनि यी दुई देशबीच वार्ता हुने गरेको थियो ।

त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । उसले दक्षिण कोरियासँग वार्ता गर्ने वा नगर्ने कुनै पनि विषयमा केही जवाफ दिएको छैन ।

पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली राष्ट्रपतिले बिहीबार गर्नुभएको प्रस्तावका बारेमा पनि उत्तरको जवाफ आउला वा के गर्ला भन्ने बारेमा पनि यसै भन्न सकिने अवस्था नरहेको बताइएको छ ।

सन् २०१५ को अक्टोबरपछि दुवै देशका तर्फबाट कुनै वार्ता भएको छैन । त्यसैगरी त्यसयता दुवै देशका तर्फबाट गर्ने गरिएको पारिवारिक पुनर्मिलनका पनि हुन सकिरहेको छैन । पारिवारिक पुनर्मिललनका लागि दक्षिण कोरियाली सरकारलाई नागरिकले दबाब दिइरहेका छन् ।

कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रुपमा देश टुक्रिएका थिए । त्यसलगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढीको सङ्ख्याका नागरिक अलग भएका थिए ।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिण कोरिया, अमेरिका तथा विश्व समुदायको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ ।

राष्ट्रपति इनले आफ्नो कार्यकालको १०० दिनको अवसर पारेर सोलमा आयोजना गर्नुभएको पत्रकार सम्मेनलका क्रममा भन्नुभयो– कोरियाली प्रायद्वीपको तनाव कम गर्न शान्ति वार्ता नै एक विकल्प हो र वार्ता अरु कुनै पनि शर्तका आधारमा नभई शान्तिको शर्तमा मात्र हुनेछ ।

उहाँले बिगतका बर्षहरुका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रुपमा अघि बढ्न आफू तयार रहेको धारणा पनि राख्नुभयो ।

उहाँले अहिलेको उत्तेजक व्यवहार तत्कालै स्थगित गरेर वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान पनि गर्न सकिन्छ भन्ने हिसाबले लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले वार्ताका लागि वातावरण बनाउने काममा उत्तर कोरिया नै लाग्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले भन्नुभयो– अहिलेका लागि सबै छोडेर वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।

उहाँले गत महिना कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाको भ्रमण गर्नुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता पनि उहाँले गर्नुभएको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com