राष्ट्रपतिमा निर्वाचित भए मार्क्सवादी विचारका र मुस्लिमलाई भिसा कडाई गर्ने ट्रम्पको योजना


प्रकाशित मिति : भाद्र ६, २०८० बुधबार

Donald J. Trump (Official White House Photo by Tia Dufour)

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्पले २०२४ मा निर्वाचित भएमा अध्यागमन र सीमामा अभूतपूर्व प्रतिबन्धहरू लगाउने योजना बनाएका छन् । उनले मार्क्सवादी विचारधाराका आप्रवासीहरूका लागि थप  स्क्रीनिंग र लागूऔषध तस्करहरूलाई लक्षित गर्न नौसैनिक नाकाबन्दी लगाउने समेत योजना बनाएका छन् ।

राष्ट्रपतिको रूपमा ट्रम्पले सीमानाका केही भागमा पर्खाल लगाएका थिए । साथै उनले आप्रवासीहरूको लागि पब्लिक चार्जको कडा परीक्षण सुरु गरेका थिए भने एसाइलमका नियममा पनि कडाई गरेका थिए । तर उनी २०२४ मा राष्ट्रपतिमा निर्वाचित भएमा उनको योजना अझ धेरै अगाडि जानेछ । जसले लाखौं विदेशीहरूलाई अमेरिकामा प्रवेश गर्न वा बस्नलाई सम्भावित रूपमा गाह्रो बनाउनेछ।

ट्रम्पको योजनामा कठोर नयाँ नीतिहरू समावेश छन् । जसमा मुख्यरुपमा कानुनी रूपमा अमेरिका आउनका लागि आवेदन दिने व्यक्तिहरूको लागि वैचारिक स्क्रीनिंग तीब्र बनाइनेछ । अमेरिकी कानूनले कम्युनिष्टहरूलाई दशकौंसम्म प्रवेश गर्नबाट रोकेको छ, तर यो लागू गरिएको छैन। ट्रम्पले मार्क्सवादी विचार राख्ने आवेदकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउन यो नीति लागू गर्न चाहन्छन्।

अध्यागमन आवेदकहरुलाई विचारधाराहरूको आधारमा गरिने परिष्कृत स्क्रीनिंगमा उनीहरूको सोशल मिडिया एकाउन्टहरुको खोजी समावेश हुनेछ । भिसा आवेदकहरूले अहिले पनि सोशल मिडिया ह्यान्डलहरू उपलब्ध गराउनु पर्छ, यो अभ्यास ट्रम्पको शासनकालमा सुरु भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै भिसाको म्याद सकिएपछि गैरकानूनी रूपमा अमेरिकामा बस्ने अर्थात् ओभरस्टे दर उच्च दर भएका देशहरूको अमेरिकी अध्यागमन प्रणालीमा पहुँच कटौती गर्ने उनको योजना छ। ट्रम्पले सम्भावित आप्रवासीहरूलाई उनीहरूले स्वास्थ्य बीमा किन्न सक्छन् भनेर प्रमाणित गर्न र केही यात्रुहरूलाई अमेरिका प्रवेश गर्न भारी बन्ड तिर्न बाध्य पार्न पनि चाहन्छन्।

लागूऔषध तस्करी गर्ने डुङ्गाहरू रोक्नको लागि अमेरिका र ल्याटिन अमेरिकाको पानीमा नाकाबन्दी बनाउन कोस्ट गार्ड र नौसेना पठाउने ट्रम्पको योजना छ । यो सन् २०२० मा ट्रम्पको बल प्रदर्शनमा महत्त्वपूर्ण कदम हुनेछ, जब उनले कार्टेलहरूलाई चेतावनीको रूपमा क्यारिबियनमा युद्धपोतहरू पठाएका थिए ।

मुस्लिम देशबाट आउनेहरुमाथि प्रतिबन्धहरु लगाउने ट्रम्पको योजना छ । निश्चित देशका धेरै मानिसहरूलाई अमेरिका प्रवेश गर्नबाट रोक्नको लागि राष्ट्रपतिको रूपमा उनले एक दर्जन भन्दा बढी देशहरूका आप्रवासनमा प्रतिबन्ध लगाएका थिए जुन प्रायः मुस्लिम बाहुल्य वा अफ्रिकन देशहरु हुन् । राष्ट्रपति बाइडेनले त्यो कार्यकारी आदेश खारेज गरेका थिए।

अमेरिकी सेनालाई मेक्सिकोमा लक्षित गर्न अनुमति दिनेगरी ड्रग कार्टेलहरूलाई गैरकानूनी शत्रु लडाकुहरू घोषणा गर्ने ट्रम्पको योजना छ । अमेरिकाले ग्वान्टानामो बेमा सेप्टेम्बर ११ का संदिग्धहरूको लामो अवधिको नजरबन्दलाई उचित ठहराउन त्यो पदनाम प्रयोग गरेको छ।

कागजात नभएका आप्रवासीका सन्तानका लागि जन्मसिद्ध नागरिकता अन्त्य गर्ने ट्रम्पको योजना छ । रियो ग्रान्डमा टेक्सासको विवादास्पद फ्लोटिंग ब्यारिअरहरु विस्तार गर्ने ट्रम्पको योजना छ । सन् १७९८ को विदेशी र देशद्रोह ऐनको अस्पष्ट खण्ड प्रयोग गरी आप्रवासी गिरोहका सदस्यहरू, तस्करहरू र अन्य अपराधीहरूलाई द्रुत रूपमा देशनिकाला गर्ने ट्रम्पको योजना छ ।

त्यस्तै उनले सिमानामा लगाउन सुरु गरेको पर्खाल पूरा गर्ने योजना छ । ट्रम्पले १९५४ माइल दक्षिणी सीमामा ४५२ माइल नयाँ बार लगाउन अरबौं खर्च गरे। बाइडेनले परियोजना रोकेका थिए । अमेरिकी अध्यागमन प्रणालीलाई सुरक्षित गर्न चाहनेहरूका लागि ट्रम्प प्रशासनको पहिलो १०० दिन शुद्ध आनन्दको हुने र त्यसपछि अर्को चार वर्षको सबैभन्दा कडा हिटिङ कारबाही हुने ट्रम्पका सल्लाहकार स्टीफन मिलरले बताएका छन् ।

ट्रम्पको फोकस दक्षिणी सीमाना हो, तर उनी कानुनी अध्यागमनलाई गम्भीर रूपमा कटौती गर्न पनि तयार छन् । यो योजना एक समयमा विवादास्पद हुन सक्ने सम्भावना छ । किनभने अमेरिकाको अर्थतन्त्रलाई सहयोग गर्न आप्रवासीहरूको आवश्यकता बढ्दै गएको छ।

ट्रम्पले एसाइलम गर्न चाहनेहरु अदालती सुनुवाईसम्म मेक्सिकोमा रहने नीति पुन सुरु गर्न मेक्सिकोमा भर पर्ने योजना बनाएका छन् । जसले अमेरिकामा शरण खोज्ने मानिसहरूलाई उनीहरूको अदालतको सुनुवाइको लागि मेक्सिकोमा पर्खन बाध्य तुल्याउनेछ । ट्रम्पले धेरै एसाइलम प्रतिबन्धहरू पुनर्स्थापित गर्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com