अमेरिकामा रहेको नेपाली दूतावासको पहलमा तीनजना नेपाली महिलाको उद्दार


प्रकाशित मिति : भाद्र ५, २०८० मंगलबार

अमेरिकामा रहेको नेपाली दूतावासको पहलमा तीनजना नेपाली महिलाको उद्दार गरिएको छ । दूतावासले रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोमा फसेका तीनजना नेपाली महिलाहरु सेरसाङ तामाङ, तीर्था लामा बाइबा र याङजेन शेर्पाको उद्दार गरेको हो ।

दूतावासका अनुशार उनीहरु विगत एकमहिनादेखि त्यहाँ अलपत्र परेका थिए । तामाङलाई अगस्त २१ मा नेपाल फिर्ता पठाइएको छ भने उनी अगस्त २३ मा नेपाल पुग्नेछिन् । अरु दुईजना महिलालाई भने बिहिबार नेपाल पठाइनेछ भने उनीहरु शनिबार नेपाल पुग्नेछन् ।

ती महिलाहरु पिआर्को इन्टरनेशनल एयरपोर्टमा अलपत्र परेका थिए । उनीहरु ट्रिनिडाड एण्ड टोबागोमा आएपछि नेपाल फर्कने टिकट रद्द भएको पाइएको थियो । त्यसपछि उनीहरुको अध्यागमन अवस्थामा समस्या आएको थियो । जसका कारण उनीहरु एयरपोर्टमा अलपत्र परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दूतावासले उनीहरुको उद्दार प्रकृयामा सहयोग गरेकोमा ट्रिनिडाड एण्ड टोबागोको सरकारलाई धन्यवाद दिएको छ । दूतावासले ट्रिनिडाड एण्ड टोबागोमा रहेका तेज बहादुर लामालाई पनि धन्यवाद दिएको छ, जसले ती महिलाकाबारेमा दूतावासलाई जानकारी दिएका थिए ।

नेपाली दूतावासले क्यारेबियन देशहरूमा पर्यटन र अन्य उद्देश्यका लागि जान चाहने नेपाली नागरिकहरूलाई उनीहरूको भ्रमणको उद्देश्य उनीहरूले जारी गरेको भिसाको श्रेणीसँग मिल्दोजुल्दो सुनिश्चित गर्न आवश्यक कदम चाल्न आग्रह गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com