‘बाढी प्रभावित जिल्लालाई समस्याग्रस्त घोषणा गर’


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

भाद्र १, २०७४- प्रमुख प्रतिपक्षी एमालेले बाढीपहिरोबाट प्रभावित जिल्लाहरूलाई ‘समस्याग्रस्त क्षेत्र’ घोषणा गर्दै क्षतिग्रस्त भौतिक पूर्वाधारहरूको पुनर्निर्माणका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । अध्यक्ष केपी ओलीसहितको एमाले प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी सडक, पुल, तटबन्ध, नहर, कुलो, खानेपानी, विद्युत्, दूरसञ्चार, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायतका संरचना क्षति भएको उल्लेख गरेको छ । बाढी प्रभावित क्षेत्रलाई समस्याग्रस्त क्षेत्र घोषणा गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

ओलीले पेस गरेको ५ बुँदे ज्ञापनपत्रमा बाढीपहिरो प्रभावित परिवारलाई तत्कालिक राहतस्वरूप १ लाख रुपैयाँ उपलब्ध गराउन र मृतक परिवारलाई ५ लाख सहयोग गर्नुपर्ने उल्लेख छ । त्यस्तै बाढीपहिरोले क्षतिग्रस्त परिवारलाई भूकम्पपीडित परिवारसरह आवास निर्माणार्थ ३ लाख अनुदान र ३ लाख निब्र्याजी ऋण उपलब्ध गराउनुपर्ने पनि एमालेको माग छ । प्रभावित परिवारलाई स्वरोजगार व्यवसाय सञ्चालन गरी जीविकोपार्जन गर्न सहुलियत ब्याजदरमा २ लाख ऋण दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
‘बाढी पहिरोपीडित क्षेत्रमा उद्धार, राहत र पुन:स्थापनाका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्नु यतिबेलाको प्राथमिक महत्त्वको राष्ट्रिय जिम्मेवारी हो,’ ओलीले प्रधानमन्त्री देउवालाई बुझाएको पत्रमा उल्लेख छ, ‘तर सरकारले यस राष्ट्रिय जिम्मेवारीलाई गम्भीरतापूर्वक लिइरहेको छैन, सरकारले प्रभावित क्षेत्रमा प्रभावकारी रूपमा उद्धार, राहत र पुन:स्थापनाका कार्यहरू सञ्चालन गरोस् ।’ राहत र उद्धारको कामका लागि एमालेले आफ्नो संयन्त्र परिचालन गरिरहेको र त्यसमा आफ्नो ढंगले काम गरिरहेको जानकारी पनि ओलीले गराएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com