देशभित्र र बाहिरबाट ट्रम्पको आलोचना


प्रकाशित मिति : भाद्र १, २०७४ बिहीबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उग्र दक्षिणपन्थी प्रदर्शनकारी र उनीहरुका प्रतिद्वन्दीबीच श्यार्लोट्सभिलमा भएको घातक हिंसाका लागि दुवै पक्ष जिम्वेवार रहेको प्रतिक्रिया दिएपछि उनको देशभीत्र र बाहिर आलोचना भइरहेको छ।

दुईवटा सल्लाहकार समूहबाट अग्रणी व्यवसायीहरुले धमाधाम राजीनामा दिएपछि राष्ट्रपति ट्रम्प ती दुवै निकाय भंग गरिएको घोषणा गर्न बाध्य भएका छन्।

एउटा दुर्लभ विज्ञप्तिमा दुई पूर्व अमेरिकी राष्ट्रपतिहरु जोर्ज बुश सिनियर र उनका छोरा जोर्ज डब्लु बुशले अमेरिकी नागरिकहरुलाई जातिवाद र यहुदी विरोधी धारणा अस्वीकार गर्न अपिल गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले जातीय घृणा र द्वेष जहाँ प्रकट भएपनि तीनीहरुलाई चुनौती दिइनुपर्ने भन्ने कैयौँ युरोपेली नेताहरुको टिप्पणीप्रति समर्थन जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजीनामा

राष्ट्रपति ट्रम्पले श्रृंखलावद्ध राजीनामाहरुपछि आफूलाई सल्लाह दिने अग्रणी उद्योगीहरुका दुईवटा समूह भंग गरिएको घोषणा गरेका छन्।

‘म्यानुफ्याक्चरिङ काउन्सिल’ र ‘स्ट्राटेजिक पोलीसी फोरम’ नामक ती दुई समूहबारे धेरै अमेरिकीहरु जानकार नहुन पनि सक्छन्।

ट्रम्प

तर ती समूहहरुमा गिनेचुनेका अमेरिकी उद्यमीहरु आवद्ध थिए।

उनीहरु मध्ये कैयौंले श्यार्लोट्सभील घटनालाई लिएर ट्रम्पले दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै राजनीनामा दिएका थिए।

अरु थप उद्यमीले राजीनामा दिनुभन्दा पहिले नै राष्ट्रपति ट्रम्पले ती निकायहरु विघटन गरेका हुन्।

तर पछिल्लो निर्णयले राष्ट्रपति ट्रम्पलाई असहज महसुस गराउने मात्र नभइ ‘अमेरिकालाई पुन: महान बनाउने’ उनको सपनामा नै ठेस लगाउनसक्ने देखिन्छ।

किनभने अमेरिकामा रोजगारी र उद्योगहरु ल्याउने आफ्नो वाचा पुरा गर्न उनलाई उद्योगी तथा व्यवसायीको समर्थनको आवश्यकता पर्नेछ।

अस्वीकार

ट्रम्प

त्यसबाहेक दुई जना पूर्व रिपब्लिकन राष्ट्रपतिहरुले विरलै आउने एउटा संयुक्त वक्तव्यमा अमेरिकाले यहुदी विरोधी धारणा र सबै प्रकारका घृणालाई अस्वीकार गर्नुपर्ने जनाएका छन्।

त्यसअघि कैयौँ वरिष्ठ रिपब्लिकन नेताहरुले श्यार्लोट्सभिलमा नवनाजी प्रदर्शनकारी र उनीहरुका विरोधीबीच भएका हिंसालाई जोडेर दुवै पक्षलाई दोषारोपण गरेकोमा ट्रम्पको आलोचना गरेका थिए।

एक जना उग्रवादी दक्षिणपन्थीले प्रदर्शनकारीको भिडमा कार चलाएपछि हेदर हेयरले ज्यान गुमाएकी थिइन्।

एउटा शक्तिशाली र मन छुने शोक सन्देशमा हेदरकी आमाले भनेकी छन्, “उनीहरुले मेरी छोरीको आवाज बन्द गर्न उनको हत्या गरे। तर हेर्नुस त उनीहरुले उसको आवाज अझै कति सशक्त बनाइदिए।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com