सगुनबाट बाढी पीडितलाई १० लाखको सगुन


प्रकाशित मिति : श्रावण ३२, २०७४ बुधबार

सामाजिक संजाल सगुनले नेपालका बाढीपीडतहरुलाई झण्डै १० लाख रुपैया (१० हजार अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ । सगुन नेपाली व्यवसायी गोविन्द गिरीले अमेरिकामा सामाजिक वाणिज्य मञ्चका रुपमा स्थापना गर्नुभएको सामाजिक सञ्जाल हो ।

सगुनले जारी गरेको वक्तब्यमा भनिएको छ – ‘नेपालमा आएको लगातार वर्षातको कारणले जनजीवन कष्टकर बनिरहेको छ भने कयौँलाई घरबार विहीन बनाएको छ । विशेष गरि पूर्वी तराइका अधिकांश घरहरु डुवानमा परेका छन् । बाढी–पहिरोको कारणबाट कयौंले ज्यान गुमाउन पुगेका छन् । हालको यो प्राकृतिक विपतबाट हुन गएकोे जनधनको ठूलो क्षतिप्रति सगून गहिरो दुःख व्यक्त गर्दछ ।’

यस्तो आपतको क्षणमा बाढी पीडितहरुलाई सहयोग गर्नु मानव धर्म भएको र यस पटकको यो विपतको घडिमा पनि सगून आफूले सकेको सहयोग गर्न तयार रहेको भन्दै यही सिलसिलामा नेपालका बाढी पीडितहरुलाई राहतको लागि सगूनले दस हजार अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पको समयमा सुन्तली धुर्मुस मार्फत सगूूनले भूकम्प पीडिलहरुलाई सहयोग गरेको यस पटकको सगूनले घोषणा गरेको सहयोगको रकम दुई वटा संस्थाः एनआरएन एनसीसी, अमेरिका तथा धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत उपलब्ध गराइने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वक्तब्यमा भनिएको छ – ‘एनआरएन एनसीसी अमेरिकाले यसै कार्यक्रमको लागि गर्दै गरिरहेको सहयोग संकलन अभियानमा हातेमालो गर्ने र साथमा धुर्मुस –सुन्तली फाउण्डेसनले पीडितहरुको घर आगनमा पुगेर राहत वितरणको काम शुरु नै गरिसकेकोले तत्कालै राहत उपलब्ध हुन सकोस भनि धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत पनि सहयोग उपलब्ध गराइने छ । सहयोगको लागि घोषणा गरिएको जम्मा रकमलाई उल्लेखित संस्थाहरु मार्फत उपलब्ध गराइने छ ।’

‘हालको प्राकृतिक विपत्तिले पु¥याएको क्षति अत्यन्तै ठूलो छ । कुनै एक व्यक्ति वा संस्थाको सानो सहयोगले हालको क्षतिलाई पुरा गर्न सक्दैन । तर हरेकले थोरै थोरै मात्र सहयोग गर्न सकेको खण्डमा पनि पीडितले पाउने राहत ठूलो हुन जान्छ । त्यसैले सगूनका लगानीकर्ताहरु, प्रयोगकर्ताहरु, शुभचिन्तकहरु लगायत विश्वभर रहनु भएका सम्पूर्ण नेपालीहरुलाई विपतको समयमा आ–आफ्नो ठाउँबाट सहयोगी हातहरु बढाउन सगून हार्दिक अनुरोध गर्दछ ।’- बक्तब्यमा उल्लेख छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com