अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका परिवारलाई ग्रिनकार्ड पाउन ५ बर्ष ९ महिना


प्रकाशित मिति : श्रावण २४, २०८० बुधबार

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुरल अफेयर्सले जारी गरेको सेप्टेम्बरको भिसा बुलेटिन अनुशार ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीको ग्रिनकार्ड सेप्टेम्बरमा करेन्ट नहुने भएको छ । अर्थात् अमेरिकामा हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुले सेप्टेम्बरमा आई १३० आवेदनका साथमा एकसाथ आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न नपाउने भएका छन् ।

सेप्टेम्बर १ पछि आवेदन दिनेहरुले ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट हुँदासम्म प्रतिक्षा गर्नुपर्ने भएको छ । यद्यपी सेप्टेम्बर १ भन्दा अगाडि आवेदन दिनेहरुले भने आई १३० आवेदनका साथमा एकसाथ आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाउनेछन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा पनि सेप्टेम्बर १ पछि फाइल गरिएका आवेदन लागि भिसा प्रकृया अगाडि बढाउनका लागि नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुँदासम्म प्रतिक्षा गर्नेछ ।

यद्यपी विदेशमा रहेका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले ग्रिनकार्ड पाउने अवधि अहिले निकै लामो रहेको छ । भिसा बुलेटिन अनुशार १ जनवरी २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले सेप्टेम्बरमा ग्रिनकार्ड पाउनेछन् । अर्थात् अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले ग्रिनकार्ड पाउने लाग्ने अवधि ५ बर्ष ९ महिना रहेको छ । अगस्तमा ५ बर्ष ६ महिना रहेकोमा सेप्टेम्बरका लागि भने ३ महिना घटेको छ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा परिवारमा आधारित अन्य श्रेणीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति भने अगस्तको तुलनामा सेप्टेम्बरमा पनि टसमस भएको छैन । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा पनि अगस्ताको तुलनामा ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुको एफटु ए बाहेक परिवारमा आधारित अन्य श्रेणीमा ग्रिनकार्ड पाउने मितिमा टसमस नहुँदा ग्रिनकार्ड पाउन लाग्ने समय अझ ढिलो भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउनका लागि लाग्ने अवधि ८ बर्ष ८ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई सेप्टेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउने लाग्ने अवधि ८ बर्ष पुगेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई सेप्टेम्बरका नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीका लागि पनि ग्रिनकार्ड पाउने लाग्ने अवधि निकै लामो छ । सेप्टेम्बरको भिसा बुलेटिन अनुशार यो अवधि १४ बर्ष ९ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई सेप्टेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि १६ बर्ष ५ महिना रहेको छ । यदि तपाईको आई १३० आवेदन युएससीआईएसबाट स्वीकृत भएर नेशनल भिसा सेन्टरमा पुगेको छ भने १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता मिति भएको आवेदनलाई सेप्टेम्बरमा नेशनल भिसा सेन्टरले अगाडि बढाउनेछ ।

अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा भने १ सेप्टेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका अविवाहित छोराछोरीहरु, १ जनवरी २०१७ भन्दा अगाडि प्राथमिकता मिति हुने ग्रिनकार्डवाहकका २१ बर्ष नाघेका अविवाहित छोराछोरीहरु, १ मार्च २०१० भन्दा अगाडि प्राथमिकता मिति हुने अमेरिकी नागरिकका विवाहित छोराछोरी र १ मार्च २००८ भन्दा अगाडि प्राथमिकता हुने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले सेप्टेम्बरमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com