ट्रम्पको आक्रोश -‘हामीले युरोपलाई सबथोक दिने, हामीलाई त्यहाँ जान शुल्क तिर्नुपर्ने !’


प्रकाशित मिति : श्रावण १०, २०८० बुधबार

letter

Photo by Global Residence Index

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष ह्वाइट हाउसमा निर्वाचित भएमा अमेरिकी यात्रुहरूका लागि युरोपले लगाउने योजना बनाएको प्रवेश शुल्कको अन्त्य गर्ने बताएका छन्। अमेरिकी नागरिकले २०२४ देखि युरोप जानका लागि शुल्क तिर्नुपर्ने प्रावधान ल्याउन लागिएकोमा ट्रम्पले विरोध गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोष्ट गर्दै भनेका छन् – ‘वाह, अमेरिकी नागरिकहरूले २०२४ देखि युरोप भ्रमण गर्न भिसाको लागि शुल्क तिर्नुपर्ने ! यसको बारेमा सोचौं । हामीले तिनीहरूलाई सैन्य सुरक्षा र व्यापार सहित सबै चीज दिइरहेका छौं । अब हामीले त्यहाँ जान उनीहरूलाई शुल्क तिनुपर्ने ! अमेरिकाको कुनै सम्मानै छैन! म राष्ट्रपतिको हैसियतमा यो हुन दिन्न। यो धेरै चाँडै समाप्त हुनेछ ।’

ट्रम्पले प्रवेश शुल्कलाई कसरी अन्त्य गर्ने भन्ने बारे अरु थप केही बताएका छैनन् । अमेरिकी यात्रुहरूसहित ६० भन्दा बढी अन्य देशका नागरिकहरुले ३० युरोपेली देशहरूमध्ये कुनै पनि देशको भ्रमण गर्दा २०२४ देखि युरोपेली यात्रा सूचना र प्राधिकरण प्रणालीमा आवेदन पेश गर्नुपर्नेछ। प्रवेश शुल्कबाट छुट नभएका ती ६० देशहरूमध्ये कुनैपनि देशका यात्रीले १८० दिनको अवधिमा ९० दिनसम्मको छोटो अवधिको बसाइको लागि आवेदन पेश गर्नुपर्नेछ ।

a person with their hands up
Photo by Global Residence Index

आवेदकहरूले आफ्नो नाम, जन्म मिति, राष्ट्रियता, ठेगाना, इमेल ठेगाना, फोन नम्बर र आफ्ना आमाबुवाको नाम जस्ता व्यक्तिगत जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ। आवेदकहरूले आफ्नो हालको पेशा, शिक्षाको स्तर र युरोप जानको लागि उनीहरूको यात्रा योजनाहरूको बारेमा जानकारी पेश गर्न आवश्यक हुनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैध यात्रा प्राधिकरणको साथ यात्रुले यी युरोपेली देशहरूको क्षेत्रमा छोटो अवधिको बसाइको लागि चाहे जति पटक प्रवेश गर्न सक्नेछन् । सामान्यतया कुनै पनि १८० दिनको अवधिमा ९० दिनसम्ममात्र बस्न पाइनेछ । यद्यपि यसले प्रवेशको ग्यारेन्टी गर्दैन। यात्रुहरु त्यहाँ पुगेपछि एक सीमा रक्षकले राहदानी र अन्य कागजातहरू हेर्न र यात्रुले प्रवेशका सर्तहरू पूरा गरेको प्रमाणित गर्न लगाउन सक्नेछन् ।

यात्रा प्राधिकरण प्राप्त गर्न लागत ७ यूरो, वा लगभग ८ डलर छ। प्रयोग गरिएको खण्डमायो छोटो अवधिको बसाइका लागि मान्य हुन्छ। यदि प्रयोग नगरिएको खण्डमा यो तीन वर्षसम्म मान्य हुन्छ जबसम्म पहिले नै पासपोर्टको म्याद समाप्त हुँदैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com